नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मंगलवारदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ ।
मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताए । यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले उल्लेख गरे।
अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले जानकारी दिए । जोखिमयुक्त गर्भावस्थाको नि:शुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यसको भार खेप्दै आएको थियो ।
संघीय सरकारले एक वर्षअघि अनुदान रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको थियो । भेरीमा अत्यधिक चाप बढेपछि सरकारले फेरि नेपालगञ्ज उपमहानगरपालिकामार्फत सञ्जीवनीलाई अनुदान दिएको हो । अब सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ पुग्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । नगरप्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार हुने विश्वास व्यक्त गरे ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर