प्रतिनिधि सभाको रिक्त उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। यस पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर चुनावी मैदानमा उत्रिएका छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो, जसमा दुई जनाको मात्र उम्मेदवारी परेको हो।
सत्तारुढ दल रास्वपासँग सदनमा स्पष्ट बहुमत (झन्डै दुई तिहाइ) रहेकाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरको जित सहज देखिएको छ।
आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनको औपचारिक कार्यसूची रहेको छ। बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि मतदान प्रक्रिया अघि बढ्नेछ।
आजको निर्वाचनले प्रतिनिधि सभाले नयाँ उपसभामुख पाउनेछ, जसले सभामुखको अनुपस्थितिमा सदनको कार्यभार सम्हाल्ने जिम्मेवारी पाउनेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन