राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ। सङ्घीय संसद् सचिवालयका अनुसार सम्बोधन कार्यक्रम दिउँसो ३ बजेका लागि तय गरिएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि संसद्को नयाँ अधिवेशन प्रारम्भ भएको सन्दर्भमा राष्ट्रपतिले पहिलो पटक सदनलाई सम्बोधन गर्न लाग्नुभएको हो।

नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधन सम्बन्धी स्पष्ट व्यवस्था छ। उक्त धाराको उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान छ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। सचिवालयले सबै सांसदहरूलाई दिउँसो २:४५ बजेभित्रै संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न सूचित गरेको छ।

राष्ट्रपतिले सम्बोधन गरिसकेपछि सो सम्बोधनको प्रति प्रधानमन्त्रीले दुवै सदनमा छुट्टाछुट्टै टेबुल गर्ने र संसद्ले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने संसदीय अभ्यास रहेको छ।


श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link