दाङको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त छिन् । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताइन् ।
सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहेकी छन् । उनले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताइन् ।
सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पार्यो”, सीताले भने, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”
कुनै बेला राप्ती नदी पसेर बगरमा परिणत भएको बलारामपुरमा हाल पौरखी किसानले मेहनत गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ खरबुजा तथा तरकारी लटरम्म फलाएर किसानले आर्थिक उपार्जन गरिरहेका छन् ।
“बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर, अन्नपात, गाई, भेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्यो,” सीताले भनिन्, “त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । पछि सबैले सल्लाह गरेर यहाँ बगरखेतीको गरिरहेका छौँ ।”
सुरुआतमा एउटा संस्थाले बीउ तथा मल सहयोगपछि बगरखेती गर्न थालिएको थियो । तीन वर्षसम्म खासै आम्दानी नभए पनि हाल छैटौँ वर्षमा राम्रो आम्दानी हुन थालेको सनकुमारीको भनाइ छ ।
बगर सुनसान ठाउँमा छ । बस्ती नभएकाले यस ठाउँमा चोरी हुने डरले प्रत्येक किसानले फुसको छानो भएका घर निर्माण गरेका छन् । प्रचण्ड गर्मीको प्रवाह नगरी किसानले तिनै टहरामा रात बिताउने गरेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन