राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चिनियाँ नेता सी जिनपिङसँगको भेटका क्रममा युक्रेनमाथि रुसको आक्रमण अन्त्य गर्ने विषयमा छलफल गर्न आग्रह गरेका छन्।
चीन रुसको नजिकको आर्थिक र राजनीतिक साझेदार हो। रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेको थियो। बेइजिङले युक्रेन युद्धमा तटस्थ अडान लिएको छ। चीनले रुसी आक्रमणको कहिल्यै निन्दा गरेको छैन।
“हामी हाम्रा अमेरिकी साझेदारसँग निरन्तर सम्पर्कमा छौँ,” जेलेन्स्कीले रोमानियामा आयोजित शिखर सम्मेलनमा भने।
उनले भने “अमेरिकाका राष्ट्रपति ट्रम्प चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा चीनको तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। हामी युक्रेनमा अमेरिकी भूमिकाका लागि आभारी छौँ र थप आशा पनि गर्दछौँ कि युक्रेनविरुद्ध रुसी युद्ध अन्त्यको मुद्दा अहिले पनि उठ्नेछ।”
दोस्रो विश्वयुद्धपछि युरोपमा जारी रक्तपातपूर्ण युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको प्रयास असफल भइरहेका बेला जेलेन्स्कीको यो टिप्पणी आएको हो।
ट्रम्पको पहलमा गत साता रुस र युक्रेनबीच तीन दिने युद्ध विराम भएको थियो तर यो अहिले अन्त्य भएको छ र मस्को र किएभले एक अर्काविरूद्ध ठूलो मात्रामा आक्रमण थालेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी; इरानद्वारा ‘अड्कलबाजी मात्रै’ भएको टिप्पणी
- अमेरिका र इरानबिच पुनः भीषण आक्रमण सुरु: ट्रम्पद्वारा ‘कडा प्रहार’ गर्ने चेतावनी, स्ट्रेट अफ हर्म्युज बन्द
- विश्वकप २०२६ भिसा संकट: रेफ्री आर्टनदेखि इरानी अधिकारीहरूसम्म–को-को परे मारमा?
- फिलिपिन्समा शक्तिशाली भूकम्प: कम्तीमा ३५ जनाको मृत्यु
- फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- सेन्ट पिटर्सबर्गमा युक्रेनको ‘अभूतपूर्व’ ड्रोन आक्रमण
- युक्रेन युद्ध अन्त्यका लागि जेलेन्स्कीसँगको भेटवार्ता ‘निरर्थक’ छ: पुटिन
- जेलेन्स्कीद्वारा पुटिनलाई खुला पत्र: ‘युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गरौँ’
- उत्तर कोरियाको नयाँ आणविक संयन्त्र सार्वजनिक
- फिफाविरुद्ध अहिलेसम्मकै ठुलो उजुरी दिने अभियान सुरु