हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नुका साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता