जनसहभागितामूलक सञ्चार माध्यमको युगमा जेनेरेटिभ एआई:  लोकतन्त्र र दिगोपनको लागि चुनौतीहरू

जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको आगमन सार्वजनिक सरोकारका सञ्चार माध्यम (Public Interest Media) र लोकतन्त्रका लागि एउटा महत्त्वपूर्ण मोड (watershed moment) साबित भएको छ।

ठुला जेनेरेटिभ एआई प्रदायकहरूको एकाधिकारवादी र दोहनकारी अभ्यासहरू, अपर्याप्त नियमन र प्लेटफर्मीकरण (platformisation) तर्फको विद्यमान प्रवृत्तिका कारण पहिले नै कमजोर भइसकेको सञ्चार माध्यमको इकोसिस्टमले सार्वजनिक सरोकारका सञ्चार माध्यम र ज्ञान प्रणालीको दिगोपन तथा निष्ठामा गम्भीर असर पारेको छ, जुन हाम्रो लोकतन्त्रका मुख्य स्तम्भहरू हुन्।

‘जेनेरेटिभ एआईको युगमा सञ्चार माध्यमको सुदृढीकरण’ नामक कार्य-अनुसन्धान र संवादको एक भागको रूपमा, द डाटा ट्याङ्क (The Data Tank) ले एक समीक्षा (literature review) गरेको थियो। यस अन्तर्गत जम्मा २२१ वटा प्राज्ञिक, उद्योगगत र नीतिगत स्रोतहरूको अध्ययन गरिएको थियो । यसको उद्देश्य जेनेरेटिभ एआईले युरोपका सार्वजनिक सरोकारका सञ्चार माध्यमहरू—विशेष गरी साना र मध्यम आकारका संस्थाहरूका लागि खडा गरेका चुनौतीहरू र तिनीहरूलाई सम्बोधन गर्न प्रस्तावित गरिएका उपायहरूको खाका तयार गर्नु थियो।

यी चुनौतीहरू र सम्भावित समाधानहरू बहुआयामिक र एकापसमा जोडिएका छन्। सिमक्षाको विषयगत विश्लेषणको आधारमा, तिनीहरूलाई एकातिर वर्तमान सन्दर्भको निदान (diagnosis) को रूपमा र अर्कोतिर सम्भावित उपायहरूको रूपमा प्रस्तुत गरिएको छ। यद्यपि, यी दुईबिच कुनै स्पष्ट वा द्विध्रुवीय विभाजन छैन भन्ने कुरा स्वीकार गर्नै पर्छ: कतिपय प्रस्तावित समाधानहरूका सीमितताहरूले पहिचान गरिएका चुनौतीहरूलाई झन् बढाउन सक्छन्। उदाहरणका लागि, समीक्षाले यो पत्ता लगाएको छ कि ठुला मिडिया प्रकाशकहरू र ठुला एआई कर्पोरेसनहरू बिचको द्विपक्षीय अनुमति सम्झौताहरू (bilateral licensing deals) ले साना र स्वतन्त्र मिडियालाई मद्दत गर्दैनन्,र यसले जेनेरेटिभ एआईका नतिजाहरूमा हुने गलत श्रेय (misattribution) र अविश्वासनीयताको समस्यालाई पनि समाधान गर्दैन ।

मिडियाको दिगोपन र सूचनाको निष्ठालाई बढवा दिने कार्य

यस प्रतिवेदनमा उल्लेख गरिएझैँ, जेनेरेटिभ एआईद्वारा सिर्जित चुनौतीहरू बहुआयामिक छन्। तर महत्त्वपूर्ण कुरा के हो भने, यी चुनौतीहरूले “सञ्चार माध्यम र सूचना प्रणालीको सम्पूर्ण राजनीतिक अर्थतन्त्रलाई यसरी प्रभावित गरिरहेका छन् ।  जसलाई प्राविधिक समाधान, साक्षरता र सीप, वा द्विपक्षीय अनुमति सम्झौताहरूले मात्र ठिक गर्न सकिँदैन।”

मिडिया आउटलेटहरूबाट एआई क्रोलरहरू (AI crawlers) द्वारा बिना कुनै क्षतिपूर्ति व्यापक रूपमा सामग्री सङ्कलन भइरहेको छ। यसै क्रममा, दर्शक तथा पाठकहरूलाई सामग्रीको मूल स्रोत (मिडिया) बाट टाढा भगाएर एआई-सारांश (AI-summaries) र एआई सहायकहरूमा रहेका मल्टिमोडल ट्याबहरूतर्फ आकर्षित गरिँदै छ। यो स्क्र्यापिङले मिडिया संस्थाहरूको प्राविधिक पूर्वाधारमा पनि ठुलो दबाब दिइरहेको छ, जसलाई थेग्न साना संस्थाहरूसँग पर्याप्त स्रोत साधन छैन। यसले मिडिया संस्थाहरूको दिगोपन र व्यावसायिक मोडेलमा गम्भीर असर पुर्‍याइरहेको छ।

यसका साथै, सार्वजनिक सरोकारका सामग्रीहरूको गुणस्तर र ज्ञानको इकोसिस्टम पनि खतरामा परेको छ। जेनेरेटिभ एआई सहायकहरू स्वभावैले त्रुटिपूर्ण हुन्छन् किनभने तिनीहरू संज्ञानात्मक क्षमता (cognitive capabilities) को सट्टा सम्भाव्यतामा आधारित अनुमान (probability-based inference) मा चल्छन्। त्यसैले, पत्रकारिताका सामग्री र सार्वजनिक हितका मिडियाका लागि आवश्यक पर्ने सूक्ष्मता (nuance), समय सान्दर्भिकता, सन्दर्भ, स्रोतको श्रेय (attribution) र प्रमाणीकरण विश्वसनीय रूपमा प्रदान गर्न तिनीहरू असमर्थ हुन्छन्। सार्वजनिक हितका मिडियामा रहेका सम्पादकीय प्रक्रिया र निगरानी संयन्त्रका आफ्नै कमजोरीहरू होलान्, तर तिनीहरूले पारदर्शिता र गुनासो सुनुवाइका लागि विभिन्न तहका आश्वासन र संयन्त्रहरू प्रदान गर्छन्।

यसको विपरीत, एआई प्रणालीहरूले ती प्राविधिक र सुशासनका मापदण्डहरू एवं संस्थाहरूलाई उपेक्षा गर्छन् जसले सार्वजनिक क्षेत्र वा बढ्दो जटिल बन्दै गएको नेटवर्क क्षेत्रलाई मध्यस्थता गर्छन्। सामाजिक सञ्जाल र ठुला प्लेटफर्महरूसँगै यो वि-मध्यस्थता (disintermediation) को प्रक्रिया पहिले नै बिग्रिसकेको थियो भने, एआई प्रणालीहरूले यस चिन्ताजनक प्रवृत्ति र लोकतन्त्रमा यसको प्रभावलाई थप बढवा र जटिलता दिइरहेका छन्।

साक्ष्यहरूले के देखाउँछन् भने जेनेरेटिभ एआईले अङ्ग्रेजी भाषा पहिलो भाषा नभएका सन्दर्भहरूमा पनि अङ्ग्रेजी भाषाका सामग्रीहरू बढी प्रयोग गर्ने सम्भावना रहन्छ। दिगोपनको समस्यासँगै यसले ‘न्युज डेजर्ट्स’ (समाचारविहीन क्षेत्र) सिर्जना गर्ने जोखिम बढाउँछ । अन्ततः, उक्त प्रतिवेदनमा लेखेझैं: “केही सीमित हातहरूमा जेनेरेटिभ एआई शक्तिको बढ्दो केन्द्रीकरण, साथै सूचना उत्पादन हुने तरिकाहरूमा भएको केन्द्रीकरणले (जहाँ स्थानीय वा विविध स्रोतहरू भन्दा अङ्ग्रेजी-केन्द्रित र ठुला राष्ट्रिय मिडियालाई प्राथमिकता दिइन्छ) बहुलवाद, समानता र विविधतालाई थप कमजोर बनाउँछ।”

सामूहिक बार्गेनिङबाट शक्ति पुनः प्राप्त गर्ने दृष्टिकोणहरू

वर्तमान परिस्थितिको निदानमा एउटा केन्द्रीय बुँदा भनेको मिडियाको मोलतोल गर्ने शक्तिको ह्रास र यी संरचनात्मक प्रभावहरूलाई सम्बोधन गर्न असमर्थ रहेको अपर्याप्त नियामक ढाँचा हो। मोलतोल गर्ने शक्तिको क्षयीकरणको सन्दर्भमा, प्रत्यक्ष द्विपक्षीय सम्झौताहरू साना मिडिया आउटलेटहरूको पहुँच बाहिर छन्। यसले ब्रान्ड र विश्वासमा असर पुर्‍याउँछ र सूचनाको निष्ठा तथा बहुलवादको समस्यालाई सम्बोधन गर्दैन।

यद्यपि, ‘डेनिस प्रेस पब्लिकेशन्स् कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन’ को उदाहरण जस्तै सामूहिक इजाजत पत्र (collective licensing), मिडिया गठबन्धनहरू वा वैधानिक इजाजत पत्र सम्बन्धी दृष्टिकोणहरूले आफ्नो एजेन्सी र वार्ता गर्ने शक्ति पुनः प्राप्त गर्ने सम्भावित उपायहरू तर्फ सङ्केत गर्छन्। नियमनको सवालमा, प्रतिलिपि अधिकार सुधारदेखि प्रतिस्पर्धा नियमनसम्मका प्रस्तावहरू गरिएका छन्। यसमा मध्यस्थता (backstop arbitration) वा जेनेरेटिभ एआई कर्पोरेसनहरूमा लेभी कर (levy taxes) लगाउने व्यवस्था समावेश छ, जसबाट सङ्कलित राजस्व सार्वजनिक सरोकारका मिडियाका सरोकारवालाहरूलाई फिर्ता पठाइनेछ।

मिडिया गठबन्धनहरूद्वारा सामूहिक प्रयास, र सार्वजनिक तथा परोपकारी लगानी (philanthropic investment) लाई अत्यावश्यक मानिएको छ। पाठक तथा मिडिया पेशेवर दुवैका लागि मिडिया, डाटा र एआई साक्षरता आवश्यक भए तापनि यो मात्र आफैँमा पर्याप्त हुने छैन।

नयाँ दृष्टिकोण र अगाडिको मार्गका लागि एक समग्र दृष्टिकोण

यस समीक्षाले जेनेरेटिभ एआई, मिडिया इकोसिस्टम, सूचनाको निष्ठा र अन्ततः लोकतन्त्र बिचको जटिल अन्तरसम्बन्धमा प्रकाश पार्छ। यस जटिलतालाई समेट्ने प्रयास गर्दा केही प्रमुख विषयहरू बाहिर आउँछन्:

शक्ति सन्तुलनमा परिवर्तन: जेनेरेटिभ एआई प्रविधिहरूद्वारा सञ्चालित वर्तमान परिवर्तनहरूले सूचना कसरी उत्पादन, व्याख्या, वितरण र प्रयोग गरिन्छ भन्ने कुरालाई पुनः परिभाषित गर्दै शक्ति असमानतालाई प्रतिबिम्बित गरिरहेका छन्। यसले साझा ज्ञान, बहस र जबाफदेहिताका लोकतान्त्रिक संयन्त्रहरूलाई बाइपास गरिरहेको छ।

समग्र समाधानको आवश्यकता: प्राविधिक सुधार र मिडिया साक्षरता भन्दा बाहिर गएर, नियामक पहलहरू र सार्वजनिक डिजिटल पूर्वाधारमा लगानीद्वारा समर्थित सामूहिक बार्गेनिङ शक्तिलाई सुदृढ गर्ने समाधानहरूको आवश्यकता छ। यी समग्र समाधानहरूका लागि सामूहिक प्रयास र क्षेत्रीय, स्थानीय एवं विशिष्ट (niche) आउटलेटहरूलाई समावेश र सहयोग गर्ने संसाधनयुक्त, समावेशी इकोसिस्टम आवश्यक पर्दछ।

लचिलो व्यावसायिक मोडेल: अनुकूलन योग्य (adaptive), मोड्युलर र मापनयोग्य (scalable) व्यावसायिक मोडेल तथा रणनीतिहरू आवश्यक छन्। यसमा विविधीकरण र पाठकहरूलाई आबद्ध राखिरहन विश्वास र अपनत्वको भावना पैदा गर्ने दृष्टिकोणहरू सामेल छन्। यद्यपि, यस मोडमा कुन रणनीतिले काम गर्नेछ भन्ने कुरा अहिले नै पर्याप्त रूपमा थाहा भइसकेको छैन। आर्थिक दिगोपनका सफल दृष्टिकोणहरूका लागि समय, कोष र दृश्यात्मकता (visibility) आवश्यक पर्दछ।

हाम्रो लोकतन्त्र भित्र सूचनाको निष्ठा, जबाफदेहिता र विविध आवाज तथा अनुभवहरूलाई जोगाउन सार्वजनिक सरोकारको पत्रकारिता र मिडिया अपरिहार्य रहन्छन्।

मिडिया, एआई प्लेटफर्म र प्रविधि प्रदायकहरूको लोकतान्त्रिक सुशासनले सार्वजनिक हित र एआई प्रणालीको आर्किटेक्चरसँग आउने सङ्कुचित एजेन्सी बिचको विद्यमान तनावलाई राम्रोसँग सन्तुलनमा ल्याउन सक्छ।

यस गम्भीर मोडमा, तल्लो तहदेखि माथिल्लो तहसम्म (micro to macro level) को एक सहकारितामूलक दृष्टिकोण, बहुआयामिक कार्यहरू र संस्थागत कल्पनाशीलता (institutional imagination) नै हाम्रो लागि अत्यावश्यक दिशासूचक (compass) हुनेछ।

श्रोत:मिडियम

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link