आईपीएल २०२६: गुजरातलाई ५ विकेटले हराउँदै बेङ्गलोर लगातार दोस्रो पटक च्याम्पियन!

रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग २०२६ को उपाधि जितेको छ । आइतबार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै आरसीबीले लगातार दोस्रो पटक आइपिएलको ट्रफी आफ्नो नाममा गरेको हो । यस जितसँगै मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सपछि आफ्नो उपाधि रक्षा गर्ने आरसीबी तेस्रो टोली बनेको छ ।

गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्यलाई बेङ्गलोरले १८ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । आरसीबीको जितमा नायक बनेका स्टार ब्याट्सम्यान विराट कोहलीले अविजित ७५ रनको उत्कृष्ट इनिङ खेले । उनले मात्र २५ बलमा आफ्नो आईपीएल करियरकै सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । ओपनर वेन्कटेश अय्यरले पनि आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३२ रनको योगदान दिए । गुजरातका तर्फबाट राशिद खानले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । गुजरातका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ५० रनको योगदान दिए पनि अन्य प्रमुख ब्याट्सम्यानहरू सस्तैमा समेटिए । आरसीबीका बलर रसिद सलामले घातक बलिङ गर्दै २७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, भुभनेश्वर कुमार र जोश ह्याजलवुडले समान २–२ विकेट चट्काएर गुजरातलाई सानो स्कोरमा रोक्न मुख्य भूमिका खेले ।

उत्कृष्ट ब्याटिङ गरेका विराट कोहली फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उपाधिसँगै विजेता टोली आरसीबीले २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता गुजरात टाइटन्सले १३ करोडमा चित्त बुझाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link