बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो। पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ।
कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ। दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताए। श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आएका छन्।
“तीस वर्षअघि आफैँले स्थापना गरेको पानीघट्ट अझै चलाउँदै छु, घर खर्च र आफूलाई पुग्ने अन्न घट्टबाटै आउँछ, पहिला खरले छाएको थियो, अहिले जस्ताले छाएको छु, मकैका लागि छुट्टै र गहुँ र कोदोका लागि छुट्टै घट्ट छ”, श्रेष्ठले भने।
उमेर ढल्किँदै गए पनि परम्परागत पेसालाई निरन्तरता दिइरहेको श्रेष्ठको भनाइ छ। आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान समयमा पनि ग्रामीण भेगमा अझै पानी घट्ट जस्ता पुराना प्रविधिहरू जीवनयापनको आधार बनेको पाइन्छ। पानीलाई पाइप वा काठको ढुङ्ग्रोबाट खसालेर पानीको गतिले घट्टको जाँतो घुमाएर अन्न पिस्ने कार्यलाई पानी घट्टका रुपमा लिइने गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी