फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ। मेक्सिकोको ग्वाडालाजारा रङ्गशालामा भएको समूह ‘ए’ को यस खेलमा दक्षिण कोरियाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भयो।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा दक्षिण कोरियाका कप्तान सन ह्युङ-मिनले गोल गर्ने केही राम्रा अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको ५९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लादिस्लाभ क्रेइचीले उत्कृष्ट हेडरमार्फत गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, चेक गणतन्त्रको यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ६७औँ मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन-बियोमले चलाखीपूर्ण तरिकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले चेक किपरलाई छक्क्याउँदै बललाई जालीको दिशा दिएका थिए।
खेलको ७७औँ मिनेटमा चेक गणतन्त्रका टोमास सौचेकले फ्रिकिकमार्फत गोल गरे पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिएका थिए। त्यसको लगत्तै, खेलको ८०औँ मिनेटमा दक्षिण कोरियाले निर्णायक गोल गर्यो। दोस्रो हाफमा मैदान प्रवेश गरेका सब्सिच्युट खेलाडी ओह ह्योन-ग्युले ह्वाङ इन-बियोमको पासलाई सदुपयोग गर्दै क्लोज-रेन्जबाट उत्कृष्ट गोल गरे र टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै दक्षिण कोरियाले विश्वकप २०२६ मा बलियो सुरुवात गरेको छ। ‘ मा आयोजक मेक्सिको पनि दक्षिण अफ्रिकालाई २–० ले हराउँदै शीर्ष स्थानमा रहेको छ। अब दक्षिण कोरियाले आफ्नो अर्को खेल आगामी बिहीबार मेक्सिकोसँग खेल्नेछ भने चेक गणतन्त्रले एटलान्टामा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी
