चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ।
सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, यसअघि असार ११ गतेका लागि निर्धारित बैठक पहिलो पटक स्थगित गरी आज (शुक्रबार) दिउँसो १ बजेका लागि तोकिएको थियो। तर, रास्वपाको महाधिवेशन अझै नसकिएका कारण सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम आजको बैठक पनि स्थगित गरेका हुन्। अब अर्को बैठक भोलि असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।
असार ७ गतेदेखि चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको प्रक्रिया लम्बिनु नै बैठक स्थगित हुनुको मुख्य कारण रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेका कारण सो पार्टीको उपस्थिति बिना संसद चलाउन सहज नभएपछि बैठक सार्नुपरेको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु
