चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ।
सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, यसअघि असार ११ गतेका लागि निर्धारित बैठक पहिलो पटक स्थगित गरी आज (शुक्रबार) दिउँसो १ बजेका लागि तोकिएको थियो। तर, रास्वपाको महाधिवेशन अझै नसकिएका कारण सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम आजको बैठक पनि स्थगित गरेका हुन्। अब अर्को बैठक भोलि असार १३ गते शनिबार बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।
असार ७ गतेदेखि चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको प्रक्रिया लम्बिनु नै बैठक स्थगित हुनुको मुख्य कारण रहेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेका कारण सो पार्टीको उपस्थिति बिना संसद चलाउन सहज नभएपछि बैठक सार्नुपरेको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान
