विदेशी मुद्राको विनिमय दर: यस्तो छ आजको बजार भाउ

नेपाल राष्ट्र बैङ्कले आजका लागि वैदेशिक मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण नेपाली बजारमा विदेशी मुद्राको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। विशेष गरी अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ उच्च बिन्दुमा पुगेको छ, जसले नेपाली अर्थतन्त्र र विप्रेषण (रेमिट्यान्स) प्रवाहमा प्रत्यक्ष असर पार्ने देखिन्छ।

आज सार्वजनिक गरिएको दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १५२.२३ रुपैयाँ र बिक्री दर १५२.८३ रुपैयाँ कायम भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च स्तरमध्ये एक हो। डलर बलियो हुँदा विदेशबाट सामान आयात गर्दा बढी रकम तिर्नुपर्ने भएकाले बजारमा महँगी बढ्न सक्ने अनुमान गरिएको छ।

यसै गरी, युरोपियन युरो १ को खरिद दर १७३.९६ रुपैयाँ र बिक्री दर १७४.६५ रुपैयाँ तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि आकासिएको छ। आज १ पाउन्ड स्टर्लिङको खरिद दर २०४.१५ रुपैयाँ र बिक्री दर २०४.९५ रुपैयाँ पुगेको छ। स्विस फ्र्याङ्क १ को खरिद दर १८८.६४ रुपैयाँ र बिक्री दर १८९.३८ रुपैयाँ रहेको छ।

नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य मानिने अस्ट्रेलियन डलर १ को खरिद दर १०५.७५ रुपैयाँ र बिक्री दर १०६.१७ रुपैयाँ कायम गरिएको छ भने क्यानडाली डलर १ को खरिद दर १०७.४३ रुपैयाँ र बिक्री दर १०७.८६ रुपैयाँ पुगेको छ। सिंगापुर डलरको खरिद दर ११७.९१ रुपैयाँ र बिक्री दर ११८.३७ रुपैयाँ तोकिएको छ।

नेपाली श्रमिकहरूको मुख्य रोजगार गन्तव्य रहेका खाडी मुलुक तथा मलेसियाको मुद्राको भाउ बलियो हुँदा रेमिट्यान्स पठाउनेहरूका लागि फाइदा पुग्ने देखिन्छ।

खाडी मुलुकहरूमध्ये सबैभन्दा महँगो मुद्रा मानिने कुवेती दिनार १ को खरिद दर ४९४.६५ रुपैयाँ र बिक्री दर ४९६.६० रुपैयाँ पुगेको छ। त्यस्तै, बहराइन दिनार १ को खरिद दर ४०३.७६ रुपैयाँ र बिक्री दर ४०५.३५ रुपैयाँ र ओमानी रियाल  १ को खरिद दर ३९५.३८ रुपैयाँ तथा बिक्री दर ३९६.९४ रुपैयाँ कायम भएको छ।

अन्य खाडी मुलुकहरूमा कतारी रियाल १ को खरिद दर ४१.७८ रुपैयाँ र बिक्री दर ४१.९४ रुपैयाँ रहेको छ भने युएई दिर्हाम १ को खरिद दर ४१.४५ रुपैयाँ र बिक्री दर ४१.६१ रुपैयाँ पुगेको छ। साउदी अरबियन रियाल १ को खरिद दर ४०.५५ रुपैयाँ र बिक्री दर ४०.७१ रुपैयाँ तोकिएको छ। नेपाली श्रमिकहरूको बाहुल्यता रहेको अर्को देश मलेसियन रिंगिट १ को खरिद दर ३७.४० रुपैयाँ र बिक्री दर ३७.५५ रुपैयाँ कायम भएको छ।

एसियाली मुलुकहरू तर्फ, चिनियाँ युआन १ को खरिद दर २२.४६ रुपैयाँ र बिक्री दर २२.५५ रुपैयाँ रहेको छ। जापानी येन १० को खरिद दर ९.४१ रुपैयाँ र बिक्री दर ९.४५ रुपैयाँ तोकिएको छ। यस्तै, साउथ कोरियन वन १०० को खरिद दर १०.१२ रुपैयाँ र बिक्री दर १०.१६ रुपैयाँ कायम हुँदा थाई भाट १ को खरिद दर ४.५७ रुपैयाँ र बिक्री दर ४.५९ रुपैयाँ रहेको छ। स्क्यान्डिनेभियन मुद्राहरू अन्तर्गत स्वडिसी क्रोनरको खरिद दर १५.८० र बिक्री दर १५.८६ रुपैयाँ तथा डेनिस क्रोनरको खरिद दर २३.२७ र बिक्री दर २३.३६ रुपैयाँ तोकिएको छ। हङकङ डलरको खरिद दर १९.४२ र बिक्री दर १९.५० रुपैयाँ कायम गरिएको छ।

विदेशी मुद्राको यो उच्च विनिमय दरले नेपाली अर्थतन्त्रमा दोहोरो प्रभाव पार्ने विज्ञहरू बताउँछन्। एकतर्फ, विदेशमा रहेका नेपालीहरूले घर पैसा पठाउँदा बढी नेपाली रुपैयाँ प्राप्त हुने भएकाले रेमिट्यान्स आयमा वृद्धि हुनेछ। तर, अर्कोतर्फ नेपाल आयातमा निर्भर देश भएकाले डलर र अन्य प्रमुख मुद्रा महँगो हुँदा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, र दैनिक उपभोग्य वस्तुहरूको आयात खर्चिलो हुन गई बजारमा महँगी अझ बढ्ने जोखिम रहन्छ। राष्ट्र बैङ्कका अनुसार वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link