मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ।
यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ। यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।
सम्झौता अवसरमा आइडीपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई शिक्षा कार्यक्रम अन्तर्गत पहिलो किस्ताको १० लाख ८० हजार रुपियाँ र स्वास्थ्य कार्यक्रम अन्तरगतको १० लाख ४० हजार रुपियाँ गरी २१ लाख २० हजार रुपियाँको चेक हस्तान्तरण गरे।
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँलाई मानवीयतामा आधारित सहर निर्माण गर्ने क्रममा निजी क्षेत्रको सहभागिता बढेसँगै लक्ष्य नतिजा उन्मुख बन्दै गएको बताइन्। सामाजिक समितिका संयोजक केसीले, संस्थागत सामाजिक उत्तरदायित्वको यो कार्यक्रमले निजी क्षेत्रको उचाइ बढाएको बताए।
आइडीपीका कन्ट्री डाइरेक्टर खड्गीले, पहिलो वर्षको प्रभाव मूल्याङ्कन गरेर सहयोगलाई निरन्तरता दिइने बताए। यस्तै आश्रमका अध्यक्ष अधिकारीले, जुन उद्देश्यका लागि सहयोग प्राप्त भएको हो। त्यही लक्ष्यमा मात्र खर्च गर्ने सुनिश्चितता प्रकट गरे।
आइडीपीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गरिने यस कार्यक्रमको निगरानी काठमाडौँ महानगरपालिकाले गर्नेछ। आश्रमले कार्यक्रम कार्यान्वयन गर्नेछ। विपन्न, अशक्त, घरबारविहीन, शारीरिक रूपमा कमजोर व्यक्तिको स्वास्थ्य र शिक्षामा सहयोग गर्नु सम्झौताको उद्देश्य हो।
कार्यक्रमअन्तर्गत मानव सेवा आश्रमको हेरचाहमा विद्यालय जाने बालबालिका लागि विद्यालयको शुल्क, पोशाक, सिकाइ सामग्री र शिक्षामा निर्बाध पहुँचका लागि आवश्यक अन्य आवश्यक सहयोग गरेर सिकाइ र नतिजा सुधारका लागि रकम खर्च हुनेछ।
आश्रमले अहिले बुटबल, हेटौँडा र गोरखामा बाल गृह सञ्चालन गरेको छ। यसरी सञ्चालित आश्रममा ९१ बालक, ६४ बालिका गरी १५५ जना बालबालिका आश्रित छन्। उनीहरुमध्ये १२० कजना बालबालिका विद्यालय जान योग्य छन्। उनीहरु निजी र सामुदायिक दुवै प्रकारका विद्यालयमा अध्ययनरत छन्। ३५ जनामा वौद्धिक अपाङ्गतासहित विभिन्न प्रकारको अपाङ्गता भएकाले आश्रममै हेरचाह गर्नु पर्ने अवस्था छ।
स्वास्थ्य कार्यक्रम अन्तर्गत उद्धार तथा पुनःस्थापनाका गरिने सबै प्रकारका व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यको उपचार तथा औषधि प्रदान गर्नमा खर्च गरिनेछ। यसबाट दीर्घ रोग भएका, मानसिक स्वास्थ्य अवस्था कमजोर भएका, उमेरसँग सम्बन्धित रोगको उपचार गरेर असहाय, बेसहारा व्यक्तिको स्वास्थ्यमा पहुँच वृद्धि गरिने लक्ष्य राखिएको छ।
काठमाडौँका सडकबाट उद्धार गरिएका व्यक्तिलाई विभिन्न सात वटा शाखामा राख्ने गरिएको छ। यी शाखामा १७६ महिला, ३२३ पुरुष र छ जना बालबालिका गरी ५०५ जना व्यक्ति आश्रित छन्। आश्रितमध्ये २२१ रानीवन शाखामा, २३ होल्डिङ् सेन्टरमा, ८२ स्क्रिनिङ सेन्टरमा, ४२ धुनीबेँसीमा, ५० सामाखुशीमा, ४५ ललितपुरमा र ४२ जना भक्तपुरमा छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार