आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ।
दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो। नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ।
पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन्। नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७ ओभर चार बलमा मात्र दुई विकेट गुमाएर पूरा गरेको थियो।
दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल ६ विकेले पराजित भएको हो। नेपालले प्रस्तुत गरेको समान १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३५ ओभरको समाप्तिमा चार विकेट गुमाएर पूरा गरेको थियो। सुरुवातका दुई खेलमा पराजित भएको नेपाल तेस्रो खेल जित्नै पर्ने दबाबमा छ।
नेपालसमेत सहभागी शृङ्खलामा आयोजक नेदरल्यान्ड्सको दोस्रो जित निकालेको छ। शृङ्खलाको पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको नेदरल्यान्ड्सले शनिबार भएको खेलमा नामिबियालाई ५८ रनले हराएको हो। यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ। समान खेल खेलेको नेपाल र नामिबिया समान २४ अंकसहित पाँचौ र छैटौं स्थानमा छन्।
लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। सिधै विश्वकपमा छनोट हुन नेपालले आगामी सबै खेल जित्नुपर्ने हुन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै