मेची भन्सार परिसरमा नष्ट गरिए अवैध पेय पदार्थ, सीमामा सुरक्षा निगरानी कडा

नेपाल–भारत सिमानाका काँकडभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेय पदार्थ र अन्य सामग्रीमाथि सुरक्षा निकायले निगरानी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब रु छ लाख ६५ हजार बराबरका पेय पदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकडभिट्टा परिसरमा नष्ट गरिएको हो।

नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो, स्प्राइटलगायत पेय पदार्थ रहेका छन्। ती सामग्री नेपालमा आयात प्रतिबन्धित वा उपभोगका लागि उपयुक्त नभएकाले कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ। काँकडभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ।

प्रहरी नायब उपरीक्षक आवाले सिमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानी निरन्तर जारी रहेकोभन्दै यस्ता गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही गरिने भएकाले सबै यसतर्फ सचेत र जिम्मेवार हुनुपर्ने बताए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link