पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि: के-केमा कति बढ्यो?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि देशभर लागू हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link