हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म पानी परिरहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार