चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वीराज मार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।
शनिवार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरोका कारण सडक अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य गरिएको थियो। पहिरो हटाएपछि आज बिहान ०६:४५ बजेदेखि नारायणगढबाट काठमाडौँतर्फ जाने तथा काठमाडौँबाट नारायणगढतर्फ आउने सवारीसाधनको आवागमन पूर्ण रूपमा सुचारु भएको हो।
सडक सञ्चालनमा आएपछि उक्त सडक खण्डमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधनहरू नियमित रूपमा सञ्चालनमा आएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार