इङ्लिस प्रिमियर लिगको नयाँ सिजन २०२६–२७ को आफ्नो पहिलो खेलमा चेल्सीले रोमाञ्चक जित निकाल्दै सुखद सुरुवात गरेको छ। क्रेभन कटेजमा भएको साबिकको लन्डन डर्बीमा चेल्सीले घरेलु टोली फुलह्यामलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
नयाँ मुख्य प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा मैदान उत्रिएको चेल्सीले खेलको सुरुवातमै आक्रामक रणनीति अपनाएको थियो। खेल सुरु भएको ३१ सेकेन्डमै जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। कोल पाल्मरको पासमा पेड्रोले उत्कृष्ट चिप सटमार्फत गोल गरेका थिए। तर, २३ औँ मिनेटमा फुलह्यामका जोस किङले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ सकिन चार मिनेट बाँकी छँदा ४१ औँ मिनेटमा मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए।
दोस्रो हाफको सुरुवातमै चेल्सीले दबाब कायमै राख्यो। ४९ औँ मिनेटमा कोल पाल्मरले टोलीका लागि तेस्रो गोल गर्दै अग्रता ३–१ को बनाए। ५४ औँ मिनेटमा फुलह्यामका गोन्जालो गार्सियाले गोल गर्दै अन्तर ३–२ मा झारे पनि त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन।
यस जितसँगै चेल्सीले अघिल्ला तीन सिजनदेखि प्रिमियर लिगको उद्घाटन खेल जित्न नसकेको खडेरी समाप्त पारेको छ। जितपछि चेल्सीले महत्त्वपूर्ण ३ अङ्क बटुल्दै सिजनको बलियो सुरुवात गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै