डार्विनमा आज नेपाल ‘ए’ र एसिटी भिड्दै, अपराह्न ३:१५ बजे खेल सुरु हुने

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ। यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाली टोली दोस्रो जितको खोजीमा छ। नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो। पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो। यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ।

उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ। सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छ। ताजा अवस्थामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ।

यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन्। यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link