डार्विनमा नेपाल ‘ए’ र हैदराबाद आमनेसामने, जितले अङ्क तालिकामा सुधार हुने

अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ। यी दुई टोलीबीचको खेल आज बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ। नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो।

नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो।

नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ। ताजा स्थितिमा नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। उता हैदराबादसँग पनि चार अङ्क नै छ। उसले पनि चार खेल खेल्दा एकमा जित र एक खेलमा पराजय व्यहोरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
डार्विनमा नेपाल ‘ए’ र हैदराबाद आमनेसामने, जितले अङ्क तालिकामा सुधार हुने
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link