ला लिगा २०२६-२७: रियल म्याड्रिडको सानदार जित, मालागा ४-० ले पराजित

ला लिगा २०२६-२७ सिजनको तेस्रो साताको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा मालागामाथि ४-० गोलको फराकिलो र एकतर्फी जित दर्ता गरेको छ। जोसे मोरिन्होको प्रशिक्षणमा रहेको रियल म्याड्रिडले खेलको पहिलो हाफमै तीन गोल गर्दै आफ्नो पकड मजबुत बनाएको थियो।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको रियल म्याड्रिडले मालागाको रक्षापङ्क्तिलाई निरन्तर दबाबमा राख्यो।

खेलको १९औँ मिनेटमा जुड बेलिङ्गमले टोलीका लागि पहिलो गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए। मालागाका डिफेन्डरहरूलाई छक्क्याउँदै उनले प्रहार गरेको सुन्दर बल सिधै जाली चुमेको थियो।

यस्तै २६औँ मिनेट किलिएन एम्बाप्पेको प्रहारलाई मालागाका गोलकिपर अल्फोन्सो हेरेरोले रोक्ने प्रयास गर्दा बल उनकै शरीरमा ठोक्किएर आत्मघाती गोल हुन पुग्यो। उत्कृष्ट फर्ममा रहेका किलिएन एम्बाप्पेले ३०औँ मिनेट बक्स भित्रबाट शानदार गोल गर्दै टोलीको अग्रता ३-० पुर्‍याए।

पहिलो हाफ समाप्त हुँदासम्म घरेलु टोलीले ३-० को बलियो अग्रता बनाइसकेको थियो।

दोस्रो हाफमा मालागाले केही पुनरागमनको प्रयास गरे पनि रियल म्याड्रिडको बलियो रक्षापङ्क्ति र गोलकिपर तिबो कुर्टुआलाई भेदन गर्न सकेन। खेलको ८५औँ मिनेटमा भीएआरले मालागाको पेनाल्टीको सम्भावनालाई खारेज गरिदिएको थियो।

खेलको ९०+१औँ मिनेट, अन्तिम समयमा जुड बेलिङ्गमको स्थानमा मैदान प्रवेश गरेका युवा स्टार आर्डा गुलेरले इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडको ४-० को जित पक्का गरे।

यो जितसँगै रियल म्याड्रिडले ला लिगा २०२६-२७ सिजनमा लगातार तेस्रो जित दर्ता गर्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप मजबुत बनाएको छ। ३ खेलबाट ९ अङ्क जोडेको म्याड्रिडले यस सिजन उपाधि दाबेदारीको बलियो सन्देश दिएको छ। अर्कोतर्फ, आठ वर्षपछि ला लिगामा फर्किएको मालागाका लागि भने बर्नाबेउको यो यात्रा निराशाजनक रहन पुग्यो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link