तीन सुरक्षा निकाय र स्थानीय तहको संयुक्त प्रयास: विदुर-ढुंगे सञ्जाल पुनः सुरु

नुवाकोटको विदुर नगरपालिका-१ स्थित ढुंगे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुंगे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ।

भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ।

ढुंगेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री संकलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ। नगरप्रमुख श्रेष्ठले भने, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्र उपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ।”

ढुंगेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link