मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल आज बिहान ७:१५ देखि क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ।
यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ। जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ। नेपाल ताजा स्थितिमा छ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ। उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ।
हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ। जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ। यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ।
नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो। नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्याउने सोचमा छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै
- १० खेलाडीमा सीमित रियाल मड्रिडको भियारियालमाथि रोमाञ्चक जित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- तराईमा मौसम सफा रहने, केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने