राजमार्गमा बाढी-पहिरोको सास्ती: कहाँ-कहाँ अवरुद्ध छन् सडक?

बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ।

काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरी सवारी सञ्चालन गरिने जनाएको छ।

त्यस्तै, रसुवामा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नुवाकोटमा टोक्खा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घेचेटखोला क्षेत्रमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेको छ। उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ।

यस्तै, धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीले बाढी, पहिरो तथा मौसमको अवस्था हेरी आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link