संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ।
भेटमा प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। रसुवाको भोटेकोशी नदीमा आएको विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।
त्यस अवसरमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे।
महासभामा सहभागिताका लागि प्रधानमन्त्री शाह बुधबार राति अमेरिका पुगेका हुन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेपछिको यो उनको पहिलो विदेश भ्रमण हो। भ्रमण तालिकाअनुसार उनी आगामी असोज १० गते स्वदेश फर्किनेछन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु
- च्याम्पियन्स लिग: आर्सनलको शानदार जित, म्यानचेस्टर युनाइटेड पराजित
- नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
- आजको मौसम पूर्वानुमान