तराईमा हुस्सु र पहाडमा वर्षा: आज दिनभर यस्तो रहनेछ देशको मौसम

देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link