Home » Archives for विनोद अधिकारी
Author

विनोद अधिकारी

छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल हुनुहुथ्यो। उहाँका ६ भाइ छोरा, बुहारी र नाति नातिनाहरू भएको ठूलो परिवार थियो। आमाको निधन भएपछि छोराहरूसहितका परिवारजनले आफ्नो रीति परम्परा अनुसार काजक्रियाको कर्म सके र बुबालाई सोधे – ‘अब तपाईं कहाँ, को (कुन छोरा /बुहारी ?) सँग बस्नुहुन्छ त ? वृद्ध बुबाले आँखाभरि बरर आँसु झारेर सबै छोरा, बुहारीतिर हेर्नुभयो र भन्नुभयो– ‘पख, म मेरो मनलाई सोध्छु, अनि भनुँला।’ आखिर मन के हो ? जससँग ती वृद्ध बुबाले सोध्छु भन्नुहुन्छ।
मन के हो ?
नेपाली शब्दकोषका अनुसार –“मन भनेको प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा …

0 comment
0 FacebookTwitterEmail

पैसाले अहिलेको समयमा यति महत्व पायो कि अब मानव जीवनको निम्ति प्राणपछिको प्रिय वस्तु संभवत: पैसा नै हुन पुगेको छ। यथार्थमा पैसा वस्तु विनिमयको साधन हो र यसले जीवनपद्धतिलाई धेरै सजिलो बनाइदिएको छ। भौतिक रूपमा प्रयोग गरिँदै आएको त्यही पैसा अब क्रमश: विद्युतीय मुद्राको रूपमा परिणत हुँदै गएको छ र यसलाई डिजिटल करेन्सी भन्ने गरिएको छ।

विद्युतीय स्वरूपमा प्राप्त गरिने मुद्रा डिजिटल करेन्सी हो। यसैलाई डिजिटल मनी, इलोक्ट्रोनिक मनी, साइबर क्यास आदि पनि भनिन्छ। यो अभौतिक मुद्रा हो। यो देखिँदैन तर विद्युतीय विधिबाट यसको कारोबार भने गरिन्छ। फिजिकल करेन्सी भनेको देखिने भौतिक मुद्रा (नोट तथा सिक्का) हो, जसको लेनदेन भौतिक …

अबको युग डिजिटल करेन्सीको, ठगिने कि जोगिने छनौट तपाइँको
0 comment
0 FacebookTwitterEmail

रोजीरोटीका लागि विदेश जाने चलन नेपालमा धेरै पहिलेदेखि चलिआएको हो। पहाडी समुदायमा यो अझ धेरै देखिन्थ्यो तर अहिले हिमाल, पहाड, तराई सबैतिरबाट वैदेशिक रोजगारीमा जानेको संख्या ठूलो छ। म सानो छँदा गाउँमा लाहुरेबाहरूको आउजाउ भइरहन्थ्योे– कोही छुट्टी लिएर आउने त केही छुट्टी सकेर फर्कने। खासमा भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवानलाई लाहुरे भनिन्थ्यो। हाल पाकिस्तानमा पर्ने लाहौर भन्ने स्थानमा काम गर्ने भएर पनि लाहुरे भनिएको रहेछ क्यारे। त्यो बेलाको वैदेशिक रोजगारी त्यही थियो– सायद।
सैनिकमा भर्ती हुन जानेलाई लाहुरे हुन गयो भन्ने र अन्य काममा जानेलाई काम खोज्न ‘मुगलान’ पसेको छ भन्ने चलन थियो। भारतमा मुगलवंशले शासन गरेको ठाउँमा जाने …

विदेश जानेको लर्को र विप्रेषणको प्रयोग
0 comment
0 FacebookTwitterEmail

करिब ५० वर्षअघिको सम्झना हो यो– अब दसैं कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको जानकारी पाउन मैले आफ्नै खालका सूचक बनाएको थिएँ। रातो र कमेरोमाटो ल्याउन आमा, भाउजू, दिदीहरूको लाम सुरु हुनु, बन पाखाका तितेपाती फुल्न थाल्नु, गाउँमा खसी बोकाको कुरा हुन थाल्नु मेरा मुख्य सूचक थिए।

दशैंमा धेरैको मुख्य चासो मासुमा हुने भएकाले फलानोले यति धार्नीको खसी ल्यायो, ढिस्कानोले उती धार्नीको ल्यायो भनेर चर्चा हुन्थ्यो। कसले पालेकोदेखि कसको जखमले वा कहाँबाट कसरी ल्यायोदेखि कति रुपैयाँको लगायतका विषयमा चर्चा सुरु हुन्थ्योज़।

घटस्थापनाको अघिल्लो दिन हाफ छुट्टीमै स्कुलले १५ दिने बिदाको जानकारी गराएपछि अब १५ दिनसम्म स्कूल आउन नपर्ने …

0 comment
0 FacebookTwitterEmail

महाभारतमा कुबेरको एउटा कथा छ। उनलाई धनी मानिस भनेर चिनिन्छ। अहिले पनि सम्पन्न मानिसलाई प्रतीकात्मक अर्थमा ‘कुबेरै हो नि’ भन्ने चलन छ। राजसूय यज्ञ गर्ने मन भएपछि आफूसँग पर्याप्त धन नभएकोले एकपटक युधिष्ठिरले भाइ भीमसेनलाई कुबेरको घरमा पठाए। भीमसेन कुबेरको घरमा पुग्दा उनी औंलामा थुक लगाएर भुइँमा खसेका तोरीका गेडा टिप्दै थिए। यो देखेर भीमसेनलाई ‘यस्ता कञ्जुस छन्, के पैसा देलान्’भन्ने लाग्यो। कुबेरले भने मागेजति नै धन गाडामा राखेर लैजान दिए। केही पर पुगेपछि गाडा बाटोमा फस्यो। सबै मिलेर त्यसलाई धकेलेर गुडाउन प्रयास गरे तर केही लागेन। त्यहीबेला कुबेरले गाडाको पांग्रो धसिएको ठाउँमा बोराभरिको तोरी खन्याएर गाडा उतारे। भीमसेन औंलामा …

0 comment
0 FacebookTwitterEmail

वैदेशिक रोजगारी नेपालीहरूको लागि आम्दानी वृद्धि गर्ने बलियो विकल्प बनेको छ । देशभित्रै रोजगारीका पर्याप्त अवसरहरू नहुनु नै यसको मुख्य कारण मानिन्छ । त्यसैले अहिले वार्षिक लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिने गरेका छन् । २०७७ को तथ्यांकको आधारमा ४५ लाख हाराहारीको जनशक्ति देश बाहिर रहेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा श्रम नवीकरण गर्ने र नयाँ श्रम स्वीकृति लिनेको संख्या मात्र करिब ५ लाख ९ हजार छ । कोभिडको विश्वव्यापी समस्याले गर्दा यो संख्या केही घटे पनि फेरि उकालो लाग्न  थालेको अवस्था छ । नेपालका करिब ५६ प्रतिशत घरधुरीबाट वेदैशिक रोजगारीमा सहभागिता रहेको र यसले पारिवारिक आम्दानी वृद्धिमा ठूलो टेवा …

0 comment
0 FacebookTwitterEmail

वित्तीय व्यवस्थापनमा ठूलो भूमिका निर्वाह गर्ने मुख्य दुई पक्ष हुन्– बचत र ऋण। ऋणलाई कर्जा पनि भन्ने गरिन्छ। मानव सभ्यताको विकासक्रमसँगै एक अर्काका आवश्यकताहरू पूरा गर्न कुनै जिन्सी वस्तु तथा नगदको लेनदेन सुरु हुँदै आएको देखिन्छ। परम्परादेखि गरिँदै आएका नगदसम्बन्धी यस्तै लेनदेन, ऐंचोपैंचो, सरसापटका परिवर्तित अभ्यासहरूलाई नै पछिल्लो समयमा ऋण/कर्जा भन्ने गरिएको छ।
व्यवहारिक जीवनमा ऋण/कर्जा नलिने मानिस संभवत: कमै होलान्। आफ्ना आवश्यकताहरू पूरा गर्न आफूसँग भएको पैसाले नपुगेको अवस्थामा मानिसहरूले ऋण लिन्छन्। ऋण निश्चित शर्तहरूको आधारमा गरिने पैसा अर्थात् नगदको कारोबार हो। केही मानिसहरू आफ्ना साथीहरू, नातागोता, साहु महाजन आदि अनौपचारिक वित्तीय स्रोतहरूबाट ऋण लिन्छन् भने कोही मानिसहरू बैंक …

0 comment
0 FacebookTwitterEmail

कमाउने र बचाउने कुरा व्यक्तिगत वित्तीय व्यवस्थापनमा धेरै महत्व राख्ने र धेरै छलफल, बहस भइरहने विषय हो। यसै विषयमा प्रसिद्ध लेखक चाल्र्स ए जेफी भन्दछन् – “तपाईँलाई धनी बनाउने तपाईँको तलब (कमाइ) ले होइन, तपाईँको खर्च गर्ने बानीले हो।” झट्ट सुन्दा खर्च गर्ने बानीले पनि कोही धनी हुन्छ त ? भन्ने लाग्न सक्छ । यथार्थमा उनको भनाइको तात्पर्य कमाउनुभन्दा बचाउनु ठूलो कुरा भन्ने हो। मानिसलाई उसको कमाइले नभई बचत गर्ने बानीले मात्र धनी हुने कुरा निश्चित गर्छ। अन्तर्राष्ट्रिय ऋण महासंघका पिता एफ् डब्लु राइफाइसन पनि सम्पन्न बन्नका लागि मनिसमा मितव्ययिताको बानी हुनुपर्छ भन्ने कुरामै जोड दिन्छन्।

कति सम्पत्ति भए हामी …

तपाईँ कति कमाउनु हुन्छ र कति जोगाउनु हुन्छ ?
0 comment
0 FacebookTwitterEmail

भनिन्छ– वित्त अर्थात् पैसा व्यवसायको मुटु हो र वित्तविना व्यवसायको परिकल्पना गर्न सकिँदैन। आर्थिक समृद्धि प्राप्तिका लागि वित्तीय पहुँच विस्तारको अपरिहार्यतालाई मनन गरेर नेपाल सरकारले वित्तीय पहुँच विकासको नीतिलाई अवलम्बन गरेको छ। समुदायका सदस्यहरूको वित्तीय आवश्यकता परिपूर्तिलाई सहज बनाउन सबै ७५३ वटै पालिकामा कम्तीमा एक वाणिज्य बैंक पुर्याउने नीति अनुरूप २०७९ वैशाखसम्म ७५० पालिकाहरूमा वाणिज्य बैंकको उपस्थिति देखिन्छ। ६५ वटा लघुवित्त संस्थाका ५१०९ शाखाहरूको माध्यमबाट वित्तीय सेवाहरू गाउँसम्म पुगेका छन्। त्यसरी नै करिब ३० हजार सहकारी संस्थाहरू पनि गाउँ समुदायहरूमा छरिएर रहेका छन्। समुदायस्तरसम्म वित्तीय सेवाहरूको उपलब्धताको हिसाबले हेर्दा यो अवस्थालाई सबल पक्षको रूपमा लिन सकिन्छ। यसो भए तापनि मुलुकको …

आर्थिक अवसरहरूको विकास र विस्तार गर्न सिकाउने माध्यम वित्तीय साक्षरता
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved