Home » Archives for June 2022
Monthly Archives

२०७९ असार १६, बिहीबार २२:२५

राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैंजु ठाकुरलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ । प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना आयोगका कार्यवाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको २०७९ असार १३ गतेको इजलाशबाट १०,००० (दश हजार) रुपैयाँ जरिवाना र पुनरावेदकको माग बमोजिमको सूचना उपलब्ध गराउन आदेश जारी गरिएको हो ।
‘आयोगबाट प्राकृतिक न्यायको सिद्धान्तबमोजिम निज कार्यालय प्रमुख बैंजु ठाकुरलाई पटक पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णत: गैर जिम्मेवार देखिएका छन्’, सूचना …

राष्ट्रिय सूचना आयोगद्वारा सूचना नदिने पदाधिकारी दण्डित
0 comment
0 FacebookTwitterEmail

कैलालीको धनगढीका श्याम महारा ५२ वर्षका भए । पुर्ख्यौली घर डोटी भएका महराको जन्मथलो भने धनगढी नै हो । उनी धनगढीमा बस्न थालेको पनि ५२ वर्ष भएको छ । दुई दशक अगाडिसम्म बर्सातको पानी प्राकृतिक बहाउअनुसार नै सर्लक्कै बग्थ्यो,’ महरा स्मरण गर्दै भन्छन्– ‘तर ०५० सालपछि धनगढीमा सहरीकरणसँगै पानीको प्राकृतिक बहाउ रोक्ने काम तीव्र गतिमा भयो । त्यसैको नतिजा होअहिले क्षणभरको वर्षामै धनगढी डुब्न थालेको छ ।

उनका अनुसार धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमणसँगै अव्यवस्थित सहरीकरण पनि हो। व्यक्तिगत र सरकारी संरचना निर्माण गर्दा बर्सातको पानी कसरी निकास गर्नेबारे कसैले पनि …

बर्सेनि डुब्ने धनगढीका खोलानालासमेत व्यक्तिका नाममा
0 comment
0 FacebookTwitterEmail
  • पूर्वी चितवनको रत्ननगर नगरपालिकाका एक पुरुषले नातामा छोरी पर्ने १४ वर्षकी बालिकालाई पटक पटक बलात्कार गर्दै आएका रहेछन्। कसैलाई भनेमा मारिदिने धम्की दिँदै ठूलोबुबाले नै बलात्कार गर्ने गरेपछि बालिकाले परिवारमा अर्कै केटासँग विवाह गर्ने अड्डी लिइन्। उमेरै नपुगी छोरीले विवाह गर्ने अड्डी लिएपछि कारण बुझ्दै जाँदा उनले ठूलोबुबाले आफूमाथि गर्ने दुर्व्यवहार सुनाइन्। सुरुमा नपत्याएपनि बालिकाले पछि घटनाबारे पुरै भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे। गएको जेठ महिनामा जाहेरी परेपछि अहिले ती पुरुष पुर्पक्षका लागि थुनामा छन्।
  • भरतपुर महानगरकी १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्दै आएपछि भरतपुर महानगरपालिका –१४ का ४७ वर्षीय तिलक महतो विरुद्ध बालिकाका परिवारले प्रहरीमा उजुरी गरे। महतोलाई प्रहरीले
यौन हिंसा : निशानामा बालिका
0 comment
0 FacebookTwitterEmail

तपाईंले कुनै पशुपन्छीलाई कुट्ने, हिर्काउने, हानिकारक खानापिना दिने, यातना दिने र निर्दयी वा क्रुर व्यवहार गर्ने गर्नु भएको छ ? छ भने आजैबाट छाडिदिनुस्अन्यथा तपाईं थुनिन सक्नुहुन्छ। नथुनिए पनि जरिवाना तिर्नुपर्ने  हुन सक्छ। नयाँ कानून मुलुकी अपराध संहिता २०७४ को पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

 पोखरा अमरसिंहचोक घर हुनुभएको सुकदेवी गुरुङको मालीनाम गरेको कुकुरलाई केही समय अघि राति गाडीले कुल्चिएर मारिदिएछ। गुरुङको घरमा १३ वटा कुकुर छन्। सबैजसो कुकुर उद्धार गरेर ल्याइएका हुन्। मालीलाई पनि उद्धार गरेर …

पशुलाई क्रुर व्यवहार नगर्नुहाेस्, अन्यथा थुनिनु वा जरिवाना तिर्नुपर्ला
0 comment
0 FacebookTwitterEmail

फिलिपिन्सका अधिकारीहरूले नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले स्थापना गरेको प्रसिद्ध समाचार संस्था र्‍यापलरलाई बन्द गर्ने आदेश दिएका छन्।

यो निर्णयलाई पुष्टि गर्दै, फिलिपिन्सको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले विदेशी स्वामित्वसम्बन्धी नियमहरू उल्लङ्घन गरेकोमा जुन २८ मा र्‍यापलरको प्रमाणपत्रहरू रद्द गरेको जनाएको छ।

मारिया रेसाले अमेरिकाकझ होनोलुलुमा ईस्ट-वेस्ट सेन्टरको एक अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा भाषणमा गर्दै भन्नुभयो, ‍” आजसम्म नभएको यस्तो खालको निर्णयउपर र्‍‍यापलरले पुनरावेदन गर्नेछ।”

फिलिपिन्स एसईसीले राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि नै बन्दको आदेश दिएको थियो।

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको लागूपदार्थ विरुद्धको रक्तपातपूर्ण युद्ध र शक्तिको दुरुपयोगका बारेमा र्‍यापलरले आलोचनात्मक समाचारहरू प्रकाशित गर्दै आएको थियो।त्यसैले …

नोबेल पुरस्कार विजेता मारियाको र्‍यापलरलाई बन्द गर्ने आदेश
0 comment
0 FacebookTwitterEmail

सरकारले निजामती कर्मचारीको पदस्थापन गर्दा तहगत प्रणाली र वृत्तिविकास व्याच प्रमोसनको आधारमा गर्ने तयारी गरिरहेको छ। हाल कार्यान्वयनमा रहेको  श्रेणीगत व्यवस्थालाई खारेज गर्दै सबै कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्न लागिएको हो।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई खारेज गर्न लागिएको हो। सबै कर्मचारीलाई तहगत प्रणालीमा राख्ने गरी निजामती सेवा ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीय निजामती ऐनमा सबै कर्मचारीलाई तहगतरूपमा लैजाँदा कर्मचारीबीचमा समानता कायम गर्न सकिने हुँदा यस्तो व्यवस्था ल्याउन लागिएको बताउनुभएको छ। मन्त्री श्रेष्ठले  कर्मचारीको पद वर्गीकरण …

कर्मचारीमा समानता कायम गर्न  श्रेणीगत प्रणाली खारेज गरी तहगत प्रणाली ल्याइने
0 comment
0 FacebookTwitterEmail

‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,

पोखरा त साँच्चिकैको पोखरा नै रैछ’

पोखराको सुन्दरतालाई शब्दमा उतारेर संगीतवद्ध गरी मन नै हर्ने गरी गाउनुभएको थियो गीतकार प्रेमप्रकाश मल्लले। यसैले त हरेक नेपालीले गुनगुनाउन थालेको पनि धेरै भइसकेको छयो गीत।

गीतमा भने जस्तै पहिले त्यतिपरको माछापुच्छ्रेको छायाँ फेवातालमा पौडी खेलिरहेको हुन्थ्यो तर अहिले शहरको डम्पिङ साइट बनेको फेवातालको पानी धमलिएको छ। फेवातालको त्यो स्वच्छ पानी, मनमोहक दृश्य र निश्चलता साथ प्रस्तुत हुने धर्म मानिसकै कारण हरिएको छ। किनभने फेवातालको क्षेत्रफल खुम्चिएको छ। यसले पोखराको मादक सुन्दरता लुछिरहेको छ। पोखराको विशेषता बनेको फेवातालको आयु क्रमश: घट्दै छ। सन् २०१९ मा …

फेवातालको चरम दोहनः अन्तरिम आदेशले जोगाउला त?
0 comment
0 FacebookTwitterEmail

रुसबाट छुटमा तेल किनेर पनि पम्पहरूमा उपभोक्ता मूल्य उच्च राखिएकाले भारतीय तेल प्रशोधनकर्ताहरूले थप नाफा कमाएको विश्लेषकहरूको भनाइ छ।

यो वर्ष संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी पेट्रोलियम पदार्थको खरिदमा व्यापक कटौती गर्दा  युक्रेनमाथिको रुसी आक्रमण मस्कोका लागि आर्थिक रूपमा साह्रै पीडादायी भएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैले आक्रमण त्याग्ने आशा गरेका थिए। तर अहिले त्यो सम्भाव होला जस्तो छैन्।

चीन र भारत, विश्वको सबैभन्दा धेरै जनसंख्या भएका देशहरू, लगभग पश्चिमले खपत गरे बराबरको मात्रामा रूसी तेल खरिदका लागि अगाडि बढेका छन्। तेलको मूल्य यति उच्च छ कि रूसले चार महिना अघि युद्ध सुरु हुनु अघिको तुलनामा बिक्रीबाट अहिले …

पश्चिमा प्रतिबन्ध असफलः भारत र चीनलाई तेल बेचेर मस्त कमाइरहेको छ रुस
0 comment
0 FacebookTwitterEmail

“सर्वोच्च अदालतको आदेशविपरीत पूर्व विशिष्ट पदाधिकारीहरूलाई आवास, गाडी र इन्धन सुविधा दिने नेपाल सरकारको तयारी” राजधानीबाट निस्किने एउटा चल्तीको दैनिक समाचारपत्रको पहिलो पृष्ठमा छापिएको ब्यानर हेडलाइन हो यो । नयाँ नेपालमा प्रतिदिन जस्तो सुन्नू / पढ्नू पर्ने यस्तै अप्रिय समाचारहरूको अनन्त शृङ्खलाको नवीनतम कडीका रूपमा आएको यो समाचारले दिने सन्देश  चिन्ताजनक त छँदै छ हाम्रोजस्तो गरीब मुलुकका सन्दर्भमा निक्कै त्रासद पनि छ । यो समाचारले आजका हाम्रा नेताहरूको विवेकहीनताको पोल त खोलेको छ नै साथै यसले “अहिले सरकार चलाइरहेकाहरू यस  देशमा त्यस्तो निरंकुश प्रणालीलाई स्थापित गर्ने मनसुवा राख्छन्। जुन प्रणालीमा कार्यपालिकाले अदालतको आदेशको सम्मान गरिरहनु पर्दैन” भन्ने सन्देश पनि दिन …

0 comment
0 FacebookTwitterEmail

आज मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशमा चट्याङ लागेर ४ जनाको मृत्यु भएको छ। प्रदेशका तराईका जिल्ला कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो। मंगलबार बिहान ८ बजे कैलालीको कैलारी गाउँपालिका –१ रानामुराका ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङ लागेर ज्यान गएको छ। घर नजिकै खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी सुगपंखीदेवीको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिनुभयो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको पनि चट्याङ लागेर मृत्यु भएको छ। खेतमा काम गरिरहेका उहाँको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved