शहरको नजिक हुनु र सञ्चारको पहुँच एवम् आर्थिक हैसियत वृद्धिको कारणले फुटुङ्ग पनि आधुनिकीकरणको अनुशरणमा उभिएको छ। जागिर, प्रशासनिक एवम् व्यापारिक काम, उच्च शिक्षा एवम् सिनेमा हेर्न शहर आउने चलनले यहाँ आधुनिकताको अनुशरण बढ्दै गएको हो। अहिले आधुनिकीकरणको प्रभाव सबै संस्कार र शैलीहरूमा परिसकेको छ भने यो क्रम बढ्दो छ। यहाँका बासिन्दाको लवाइ–खवाइ, घर निर्माणजस्ता भौतिक कुराहरूमा मात्र होइन व्यवहारमा समेत भिन्नता आएको देखिन्छ। यहाँको जीवन शैलीमा आधुनिकता र शहरिया परिवेशको प्रभाव बढ्दो छ। आफ्नोपन विस्तारै विस्तारै हराउँदै जान थालेको छ।
बस यातायात सञ्चालन
२०५० सालदेखि फुटुङ्गमा बस यातायात सेवा सुरु भएको हो। त्यसअघि मानिसहरू आफनै साइकल, मोटरसाइकल तथा केही …