लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।
बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाउनुभएको छ। उहाँले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दैआउनुभएको थियो। तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ। यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उहाँको भनाइ छ। घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताउनुभयो।
जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै …