फिफा विश्वकप २०२६ को रोमाञ्चक नकआउट चरण अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा दुई युरोपेली पावरहाउस स्पेन र बेल्जियम आमनेसामने हुँदै छन्। विश्वकपको गोल्डेन ट्रफीतर्फ अघि बढ्ने लक्ष्यका साथ यी दुई टोलीबिच मैदानमा कडा प्रतिस्पर्धा हुने निश्चित छ।
स्पेन र बेल्जियमबिचको यो महाभिडन्त अमेरिकाको लस एन्जलस स्टेडियम, इंगलवुड क्यालिफोर्नियामा खेलिनेछ। नेपाली समय अनुसार यो खेल जुलाई ११, शनिबार बिहान १२:४५ बजे सुरु हुनेछ।
क्वाटरफाइनलसम्मको यात्रा
स्पेनको अपराजित यात्रा
स्पेनले यस विश्वकपमा हालसम्म निकै प्रभावशाली र सन्तुलित खेल प्रदर्शन गरेको छ। समूह चरणमा स्पेन समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। समूह चरणमा केप भर्डसँग गोलरहित बराबरी खेलेको स्पेनले साउदी


