नेपालको संविधानले निर्देशित गरेको राज्यको आर्थिक उद्देश्य हासिल गर्न वित्तीय सुशासन आवश्यक छ । वित्तीय सुशासन कायम गर्न सार्वजनिक जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवद्र्धन गर्नु आवश्यक छ । यसका लागि योजना, बजेट, खर्च व्यवस्थापन, प्रतिवेदन, लेखापरीक्षण एवं अनुगमन र मूल्याङ्कन लगायतका वित्तिय व्यवस्थापनका अवयवहरूमा निरन्तर सुधारको आवश्यकता रहन्छ । संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक वित्तीय व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनमा सुधार गर्नुपर्ने विषय धेरै छन ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण – नेपालको संविधानले निर्देशित गरेको राज्यको आर्थिक उद्देश्य हासिल गर्न देहायको सुधार गर्नुपर्ने देखिन्छ:
देशको अर्थतन्त्रको कुल संरचनामा कृषि क्षेत्रको हिस्सा करिब २४ प्रतिशत रहेको र कृषिको व्यवसायीकरण हुन नसकेको, …