अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन। पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन। ‘कुनै समय साँझबिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो,’ उहाँले सुनाउनुभयो।
सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघिसम्म एक बिघा खेतमा कालानमक धान रोप्नुहुन्थ्यो। राम्रो पैदावार हुने उन्नत जातका अन्य बीउ भित्रिएसँगै ढिलो पाक्ने कालानमकमा रोग–कीराको प्रकोप बढी देखापर्न थालेपछि त्यसलाई विस्थापित गरी उहाँले अन्य जातका हाइब्रिड धान रोप्न थाल्नुभयो।
‘दुःख पनि धेरै, उत्पादन पनि कम हुने, त्यसमाथि रोगको प्रकोप पनि देखिन थाल्यो,’ अगुवा कृषक अशोक त्रिपाठीले भन्नुभयो, ‘सभ्यतासँग जोडिएको कालानमक, …