सुन्दरबजार नगरपालिका वडा नं ५ का ४६ वर्षीय मीनबहादुर गुरुङ आफूले गर्दै आएको सिकर्मीको काम छाडेर विसं २०६८ मा थप आयआर्जनका लागि कतार जानुभयो । त्यहाँ एक महिना काम गर्नुभएका उहाँले मासिक तलब नेपाली रु १७ हजार जति पाउनुभयो ।
यति रकमले न परिवार खुसी हुने न आफू, न परिवारको भविष्य नै उज्ज्वल बनाउन सकिने भएकाले नेपालमै मौरीपालन व्यवसाय गर्नसके राम्रो हुने थाहा पाएर गुरुङ विदेश पुगेको एक महिनामै स्वदेश फर्किनुभयो । विदेश जाँदा लागेको रु एक लाख ५० हजार ऋण पनि तिर्न बाँकी नै थियो ।
स्वदेश फर्कनासाथ उहाँले छ–सात महिना सिकर्मीकै काम गरी आएको रकमले ऋणको ब्याज तिर्नुका …