सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ चाँदनीचोकका किसानलाई समुदायमा सञ्चालित ‘सामुदायिक सिकाइ केन्द्र’ ले जलवायु सुहाउँदो कृषि सिकाइरहेको छ।
सदरमुकाम वीरेन्द्रगरनजिकै रहेको चाँदनीचोक, पर्सेनीका ५८ घरधुरीका किसान सदस्य रहेको लगनशील लघुउद्यमी महिला कृषि समूहमा आबद्ध भएकामध्ये २२ घरधुरीका किसान अहिले सामुदायिक सिकाइ केन्द्रको छलफलमा सहभागी हुने गरेका छन्।
जलवायु सुहाउँदो कृषि प्रविधिको बारेमा छलफल हुने सिकाइ केन्द्रमा नियमित रुपमा छलफल गरेपछि किसानलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय अगुवा किसान ५५ वर्षीय मानबहादुर शाहीले बताउनुभयो।
एक दशकअघिसम्म नियमित खाद्यान्नबाली तथा तरकारी खेती गरिरहेका पर्सेनीका किसान बालीमा देखिएको नयाँ रोग किराका कारण चिन्तित भएका थिए। गाँउलाई स्थानीय निकासखोला सहकारीको तर्फबाट दुईवटा सिँचाइपोखरी निर्माण गरिदिए पनि मुहानमा …
कृषि
विषादी प्रयोग गरी छिटो तरकारी छिटो उत्पादन गरेर तत्काल आम्दानी गर्ने हतारमा कृषक देखिन्छन्। पशुपालकदेखि तरकारी उत्पादकसम्मका कृषकले उत्पादन तथा वृद्धि विकास जतिसक्दो छोटो खोजिरहेका छन्। तर सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चाँदनीचोक पर्सेनीकी ३० वर्षीय बिन्दु शाहीले भने जलवायुमैत्री तरकारी खेती गर्नुभएको छ।
८ कट्ठा जमिनमा अहिले भिन्डी, बोडी, टमाटर, काँक्रो, खुर्सानी लगायतका कृषिउपज छन्। तर यिनको उत्पादनमा कुनै शत्रु जीव अर्थात् रोग कीरा लाग्ने डर शाहीलाई छैन।
बजारमा पाइने विषादीमा लगानी गर्न उल्टै स्वास्थ्यका लागि हानिकार हो भन्ने सामुदायिक सिकाइ केन्द्रबाट राम्रोसँग बुझेकी शाहीको जोड विषादीमुक्त तरकारी उत्पादनमा छ। गाईभैँसीको गहुँत, तितेपाती, सिस्नु, खुर्सानी, निम्बु, मेवाको …
एक हातमा दाँते। टाउकोमा हरियो रुमाल। अनि अर्को हातमा कैँची लिएर बारीमा तरकारी काँटछाँटमा व्यस्त हुनुहुन्छ वडापोखराकी हिरा रावत। उमेरले ३५ वर्ष पुग्नुभएकी रावत उज्यालो नहुँदै घर नजिकैको बारीमा पुग्नुहुन्छ। दैलेखको दुल्लु नगरपालिका —२ वडापोखराकी हिरा रावतको यो दैनिकी जस्तै भएको छ। उहाँको अधिकांश समय तरकारी गोडमेल गर्ने देखि सुम्सुम्याउने मै बित्छ। बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त देखिनुहुन्छ। चार वर्ष अघि आफूलाई खानका लागि अलिकति जग्गामा तरकारी खेती लगाउनुभएकी उहाँले २०७८ सालदेखि व्यावसायिक रुपमा व्यवसायिक रूपमै तरकारी खेती थाल्नुभएको छ ।
ग्रामीण समुदायका समस्या पहिल्याउँदै दैलो दैलोमा पुग्दै पछाडि …
काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट १४ किलोमिटर टाढा पाम्पोर क्षेत्रमा हजारौं हेक्टर जमिनमा लगाइएको रैथाने फूल केशरको खेतीमा थुप्रै परिवारहरू संलग्न छन् । यो फूलको रातो धागो सावधानीपूर्वक टिपिन्छ र विशेष गरी महिलाहरूले यो काम गर्ने गर्दछन् । केशर विश्वभर महँगो मूल्यमा बेचिन्छ । ‘म सानो छँदा मलाई केशरका खेतहरू हेर्न मन पर्थ्यो । बैजनी रङका फूलले ढकमक्क भुइँ पूरै ढाकेको देख्दा म छक्क पर्थेँ । जब म ठूलो भएँ, तब मैले बुझेँ केशर फुल्ने समयमा जमिन जति बढी बैजनी हुन्छ त्यति नै बाली राम्रो हुन्छ,’ दशकौँदेखि केशर खेती गर्दै आएका परिवारकी छोरी तथा बुहारी रिफत जानले भन्नुभयाे ।
बैजनी धर्ती
…जर्मनीको मन्त्रिपरिषद्ले बुधबार गाँजाको प्रयोग र खेतीलाई कानुनी मान्यता दिने विवादास्पद विधेयक पारित गरेको छ। यस विधेयकको उद्देश्य गाँजाको कालोबजारीलाई रोक्नु रहेको छ। हानिकारक पदार्थको प्रयोगलाई रोकेर यसका ग्राहक संख्यामा पनि कमी ल्याउन सकिने बताइएको छ।
कानुन पारित भएपछि १८ वर्षभन्दा माथिका वयस्कहरूले तोकिएको ठाउँबाट प्रतिमहिना २५ ग्रामसम्म गाँजा प्राप्त गर्ने सक्नेछन्। साथै नयाँ कानुनअनुसार व्यक्तिगत प्रयोगको लागि घरमा अधिकतम तीनवटा गाँजाका बिरुवासमेत रोप्न अनुमति पाउने छन्।
जर्मनीमा, चान्सलर ओलाफ स्कोल्ट्जको केन्द्र-वामपन्थी सरकारले जारी नयाँ कानुनले गाँजाको अवैध बजारलाई रोक्ने र उपभोक्तालाई खराब गाँजाबाट जोगाउने आशा गरेको जनाएको छ। यस्तै यसले न्यायिक प्रणालीको कामको बोझ पनि कम गर्ने सरकारको दाबी …
कुनै समय थियो– गाउँमा सबैका गोठमा दुहुना गाईभैँसी पालिएका हुन्थे। दूध काठका भाँडामा जमाइन्थ्यो। काठकै भाँडामा मोही पारिन्थ्यो। तर, पछिल्लो समय काठका भाँडाकुँडा विशेषगरी ठेकी प्रयोग लोेप हुँदै गएको छ। प्लास्टिकका भाँडाको प्रयोेग बढ्दै गएपछि काठद्वारा निर्मित ठेकीमदानी लोप हुने अवस्थामा पुगेका छन्। अर्थात् प्लास्टिकका भाँडासँग परम्परागत ठेकी हानुपर्ने अवस्था आएको छ।
यसरी काठका ठेकी लोप हुँदै जानुमा काठको अभाव र खर्च बढी भएको जानकारहरू बताउँछन्। साथै सरकारले यस्ता घरेलु सामानलाई प्रोत्साहन गर्न नसक्दा पनि लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
समय फेरिँदै गएको छ। समय फेरिएको पनि के भन्नु ? मान्छेका आवश्यकताहरू बढ्दै गए। सुख खोज्न कोही परदेसिए …
अहिले गोलभेंडाको मूल्य अकासिएको छ। जसले गर्दा भान्सासमेत थप महँगो बनेको छ। बजारमा उच्च माग र आपूर्ति कम हुँदा एक्कासि गोलभेंडाको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महिना दिनअघि करिब २५ रुपैयाँ किलोसम्म पाइने गोलभेंडा अहिले डेढ सय रुपैयाँसम्म पुगेको छ।
कालिमाटी तरकारी तथा फलफूल बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत असार २ गते गोलभेंडा लगभग ९५ टन जति भित्रिएको थियो। त्यस्तै साउनको तीन साता (२०–२२) ३७ टनमा झरेको थियो। अहिले ६१ प्रतिशत कम आयात भइरहेको छ।
जेठ र असार पहिलो साता किसान तथा व्यापारीले गोलभेंडाको प्रतिकेजी दुई रुपैयाँ पनि नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोध प्रर्दशन गरेका थिए। तर अहिले …
केही दिनदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग) महानगरपालिका नेतृत्वको विरोधमा अभियान सुरु गर्नुभएको छ। वडाध्यक्ष सिंहले मेयर राजेशमान सिंहलगायत महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विरोधमा मोर्चा खोल्दै महानगरपालिमा भइरहेको भ्रष्टाचारको भन्डाफोर अभियान सुरु गर्नुभएको छ।
वीरगन्ज महानगरपालिका कार्यालय भागबन्डा र कमिसनको खेल मैदान बनेको सिंहको आरोप छ।
वडाध्यक्ष सिंहले समाजिक सञ्जालबाट महानगरमा भइरहेको भ्रष्टाचारको भन्डाफोर क्रमिक रुपमा गर्र्दै आउनुभएको छ। उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भागबन्डाको खेलमैदान बन्दै महानगर, महानगरबाट अपहेलित वडा र सिकार बन्दै वडा अध्यक्ष।’
महानगरपालिका कार्यालयका अधिकांश काम कमिसन र कृपावादबाट चलने गरेको आरोप वडाध्यक्ष सिंहको छ। महानगरबाट प्रदान गरिने अधिकांश सेवाप्रदायक काममा …
बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घर–घर पुगेर नष्ट गरेको छ।
बाह्रदशी गाउँपालिका– ७ स्थित डाँगीबारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ।
इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा गाँजा खेती नष्ट गरेको हो। औषधिका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले गाँजा खेती गर्दै निरीक्षक कटुवालले बताउनुभयो।
विशेष गरी आदिवासी समुदायले करेसावारीमा गाँजाखेती गर्ने गरेको र लुकीछिपी सेवन तथा बिक्री बितरण गर्ने गरेको बताइएको छ।
गाउँमा गाँजा खेती हुने गरेको र युवा गाँजासहित लागूऔषधको लतमा …
इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ।
प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ।
सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आउनुभएको छ। तर तत्कालीन केन्द्रका अध्यक्ष राजेन्द्र प्रधानलाई सरकारबाट अनुदान लिएर दुरुपयोग गर्दासमेत अहिलेसम्म कारबाही हुन सकेको छैन।
त्यस्तै, झापा अजुर्नधारा ८ मा रहेको पूर्वाध कृषि सहकारी संस्थाले कृषि मन्त्रालयबाट आर्थिक …