सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार लोकन्त्रान्त्रिक मूल्य मान्यता स्थापित गर्न पूर्ण प्रतिवद्धता रहेको र सोका लागि सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने वताउनु भएको छ।
उहाँ राष्ट्रिय सूचना दिवसका अवसरमा बोल्दै हुनुहुन्थ्यो। सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आएको सम्झनामा प्रत्येक बर्ष भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाउदै आइरहेको छ ।
सोही अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई भूई तहका नागरिकसम्म पुर्याउन अझै प्रयास गरी लोकतन्त्रको बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । यस आयोगका पूर्व सूचना आयुक्त श्रीआचार्यले राष्ट्रिय सूचना आयोगलाई स्रोत, साधन सहित थप अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आयोगका पूर्व सूचना आयुक्त तथा कार्यवहाक प्रमुख सूचना आयुक्त श्रीआचार्यको योगदानको स्मरण गर्दै कदरपत्र सहित सम्मान गरिएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
