‘सुस्ता बचाऊ’ आन्दोलनका अभियन्ता गोपालप्रसाद गुरुङको आज अन्त्येष्टी हुँदै छ। गुरुङ संस्कार अनुसार जन्मथलो तनहुँको शुक्लागण्डकी नगरपालिकाको डिलेगौँडामा अत्येष्टी गर्ने तयारी भईरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्दर जयसवालले जानकारी दिनुभएको छ। स्वर्गीय गुरुङलाई हिजो आफ्नै निवास सुस्तामा राष्ट्रिय झण्डा ओढाएर स्थानीय प्रदेश सांसद देवकरण कलवारले श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो।
गत पुस ८ गते मस्तिष्कघातका कारण आफ्नै घरमा बेहोस भएका गुरुङको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा शनिवार निधन भएको हो। आर्थिक अभावका कारण शल्यक्रिया गर्न तीन दिन ढिलाई भएकाले उहाँको मृत्यु भएको प्रवक्ता जयसवालको भनाई छ। पैसा जुटाउन ढिलो भयो। त्यसैले शल्यक्रिया समयमा हुन सकेन। बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो …
प्रोफाइल/अन्तर्वार्ता
झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक दशकभन्दा बढी समयदेखि, आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूमा रहेका कालो र सेतो स्केचहरू देखाएर आफ्नो हिमाली देश नेपालका दरबार र किल्लाहरू वर्णन गर्नुभयो। तर यी धेरै ठाउँहरूमा सचिन आफै पुग्नुभएको इन्टरनेटमा गुणस्तरीय तस्बिर खोज्ने प्रयास असफल भयो सचिनको। सचिनले भन्नुभयो, “मैले नेपालभरका ऐतिहासिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँहरूको दृश्यचित्रहरूका लागि इन्टरनेटमा खोजे तर कक्षामा पढाउन सक्ने खालको कुनै पनि कुरा फेला पार्न सकिन।”
पश्चिमी संसारका ऐतिहासिक स्थलहरू जसरी नेपाली धरोहरलाई इन्टरनेटमा चित्रण गरिएको नपाएपछि निराश हुनुभएका सचिनले अब त्यो काम आफै गर्ने निर्णय गर्नुभयो।
आफ्ना विद्यार्थीहरूलाई देखाउन पर्याप्त भिडियो र फोटोहरू फेला पारेपछि मात्र …
ह्याटिस डुमन टर्कीको सबैभन्दा लामो समय सम्म जेलमा थुनिएकी पत्रकार हुनुहुन्छ। अहिले ५० वर्ष पुग्नुभएको उहाँ अप्रिल ९, २००३ देखि २० वर्षसम्म आजिवन कारागारमा हुनुहुन्छ। ह्याटिसलाई भड्काव बयान दिएको र प्रतिबन्धित मार्क्सवादी लेनिनवादी कम्युनिष्ट पार्टी (एमएलकेपी) को सदस्य भएको आरोपमा कारावासको सजाय सुनाइएको थियो।
समाजवादी टर्की साप्ताहिक (अटिलिम) का पूर्व सम्पादक डुमनले उहाँलाई लगाएको आरोपहरू अस्वीकार गर्नुभएको छ र पत्रकारहरूलाई संरक्षण गर्ने समितिले उहाँको मुद्दाको उपलब्ध अदालती अभिलेखहरूको समीक्षा गरेर ती प्रमाणका आधारमा उहाँलाई दोषि ठहर गर्न नमिल्ने बताएको छ। टर्कीको संवैधानिक अदालतले निष्पक्ष सुनुवाईको उहाँको अधिकार उल्लङ्घन भएको बताएको छ र दुई पटक पुन: सुनुवाईको आदेश दिएको थियो। यसै …
सरल बोलीचाली, सरल लवाइखुवाई। आफ्नो गृहजिल्लाबासीको तनमनमा हुनुहुन्छ हुम्लाको अदानचुलि गाउँपालिका गाउँपालिका –१ कल्खेका रणसिंह परियार। २०३३ सालमा जन्मिनु भएका रणसिंह परियार ४६ वर्षको हुनुभयो। क्रान्तिकारी स्वभाव रणसिंह समाजमा गरिने जातिय विभेद र थिचोमिचो सहनुहुँदैन।
हुम्लाको विकट भूमिको एउटा सामान्य परिवारमा जन्मिनुभयो। हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बन्नुभएको छ। तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध हुनुभएका रणसिंहले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रूपमा इतिहास रचेका छन।
१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि …
आधुनिक फुटबलका एक सर्वकालीन महान् खेलाडी पेले अब हामी बीच छैनन्। विगत केही वर्षदेखि विभिन्नथरिका रोगहरूसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षको उमेरमा गत बिहीवार निधन भएसँगै आधुनिक फुटबलको ‘एउटा महान् युग’को अन्त्य भएको छ। ‘ब्ल्याक पर्ल’ अर्थात् ‘कालो मोती’को उपनामले चर्चित यी ब्राजिलियन लिजेण्डलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वमध्ये एक मानिन्छ। उनलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ‘एथलिट अफ दी सेन्चुरी’ घोषित गरेको थियो भने सन् २००० मा टाइमद्वारा ‘शताब्दीका १०० सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू’को सूचीमा समावेश गरेको थियो। तीनवटा विश्वकप उपाधि उचाल्ने संसारका एक मात्र खेलाडी पेलेलाई आफ्नो अद्भूत खेलकौशलको माध्यमद्वारा फुटबललाई केबल एउटा खेलबाट ‘दी …
कलाअध्यापनबाट अवकाश पाए पनि कलाकार गोविन्दलालसिंह डङ्गोलले कलासिर्जनामा अवकाश लिनुभएको छैन। विगत पाँच दशकभन्दा बढी समयदेखि कलाकर्ममा संलग्न रहँदै आउनुभएका डङ्गोलको आज ७६ औं जन्मदिन हो। उहाँले लामो समयसम्म नेपालको पहिलो कला क्याम्पस ललितकला क्याम्पसमा अध्यापन कार्य गर्नुभयो। साथै सोही क्याम्पसमा क्याम्पस प्रमुखको जिम्मेवारी पनि बहन गर्नुभयो। कलाप्राध्यापन, कलासिर्जनाका साथ उहाँ घरैमा कलाकक्षा पनि लिने गर्नुहुन्छ। यसैबीच उहाँले तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई चित्रकला सिकाउने कार्य पनि गर्नुभयो। उहाँका अनुसारपछि श्रुतिका छोरीहरूलाई पनि उहाँले नै चित्रकला सिकाउनुभयो।
काठमाडौंको लगनबहालस्थित ब्रह्मटोलमा उहाँको जन्म वि.सं. २००३ सालमा भएको हो। उहाँको बाल्यकाल त्यही टोलमा बित्यो। त्यो बेला उहाँका छिमेकी अग्रज कलाकार जीवरत्न शाक्य …
अग्रज कलाकार केशव दुवाडी नेपाली चित्रकला र कलाशिक्षाका एक मूर्धन्य एवम् गुरु कलाकारका रूपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो। उहाँ बाँचिरहनुभएको भए पर्सी मङ्सिर १२ गते १०१ वर्षको हुनुहुने थियो। उहाँको जन्म वि.सं. १९७८ सालमा भएको थियो भने २०५३ साल पुस १८ गते ७५ वर्षको उमेरमा उहाँको निधन भयो। नेपाली ललितकलाका लागि उहाँको निधन ठूलै दुर्घटना भए पनि त्यस दु:खद् घडीमा त्यतिबेला खासै हार्दिक समवेदनाको सामूहिक स्वर सार्वजनिक भएको पाइएन। शिक्षण अस्पताल, महाराजगञ्जको क्याविन नं. ३०४ मा इन्तु न चिन्तुको अवस्थामा उहाँ उपचारमा रहनुभयो। अचानक रिङटा लागेपछि उहाँको मस्तिष्कमा असर परेको थियो। लगभग दुई सातासम्म उहाँको अवस्था सुध्रिने बिग्रिने स्थितिका बीच गुज्रिरह्यो। …
नेपाली पौभाकलामा उदयचरण श्रेष्ठको नाम र काम यौटा अलग शैली र शिल्पका दर्बिलो स्तम्भका रूपमा लिइने गरिन्छ। कलाकार श्रेष्ठ नेपाली पौभाकलामा परम्परा र आधुनिक शैलीलाई सम्मिश्रण गर्ने कलाकारका रूपमा चिनिनुहुन्छ। पौभाकलामा शास्त्रीय मान्यतालाई स्थापित गराउँदै त्यसमा आफ्नो मौलिकता प्रस्तुत गर्ने कार्यमा पनि उहाँ त्यत्तिकै सफल र सशक्त सर्जक मानिनुहुन्छ। वि.सं. २०२१ सालमा काठमाडौंस्थित नरदेवीमा उहाँको जन्म भएको हो। उहाँका बुबाआमा बद्रीचन्द्र श्रेष्ठ र विष्णुदेवी श्रेष्ठ हुनुहुन्छ। हाल उहाँ स्वयम्भूमा बसोबास गर्नुहुन्छ।
आफ्नो बाल्यजीवन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘सुरुमा महेन्द्र आदर्श विद्याश्रममा पढ्थें। त्यहाँ हप्ताको दुई कक्षा चित्रकला सिकाइन्थ्यो। त्यसै ताकादेखि म राम्रो ‘ड्रइङ’ बनाउँथेँ। पछि म नेपाल आदर्श मा. वि. मा …
कलाकार श्रीजनकुमार राजभण्डारी समसामयिक नेपाली कलाजगत्मा ‘एकेडेमिक’ शैलीलाई निष्ठापूर्वक पछ्याउँदै आएका सीमित कलाकारकामध्ये एक हुनुहुन्छ । जलरङ होस्, वा तेलरङ वा अन्य माध्यम नै किन नहोस्, कलाकार राजभण्डारी तिनमा एकदम सूक्ष्म र श्रमपूर्वक काम गर्नुहुन्छ । उहाँका ती कलाकृतिले नेपाली मन र माटोलाई प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती चित्रलाई उहाँको मौलिक शिल्प–दक्षताको उदाहरण भनेर निकै प्रशंसनीय बटुल्दै आएको छ ।
काठमाडौंको अट्कोनारायणस्थानमा उहाँको जन्म वि.सं. २०१९ सालमा भएको हो । उहाँका बुबाआमा मोहनधर राजभण्डारी र गङ्गादेवी राजभण्डारी हुनुहुन्छ । आफ्नो समयमा उहाँका बुबाले विभिन्न किसिमका मूर्तिहरू बनाउनुहुन्थ्यो । उहाँ पनि सानैदेखि बुबाले बनाउनुभएका मूर्तिदेखि प्रभावित हुनुहुन्थ्यो । त्यसैले मूर्तिकलामा …
झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक दशकभन्दा बढी समयदेखि, आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूमा रहेका कालो र सेतो स्केचहरू देखाएर आफ्नो हिमाली देश नेपालका दरबार र किल्लाहरू वर्णन गर्नुभयो। तर यी धेरै ठाउँहरूमा सचिन आफै पुग्नुभएको इन्टरनेटमा गुणस्तरीय तस्बिर खोज्ने प्रयास असफल भयो सचिनको। सचिनले भन्नुभयो, “मैले नेपालभरका ऐतिहासिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँहरूको दृश्यचित्रहरूका लागि इन्टरनेटमा खोजे तर कक्षामा पढाउन सक्ने खालको कुनै पनि कुरा फेला पार्न सकिन।”
पश्चिमी संसारका ऐतिहासिक स्थलहरू जसरी नेपाली धरोहरलाई इन्टरनेटमा चित्रण गरिएको नपाएपछि निराश हुनुभएका सचिनले अब त्यो काम आफै गर्ने निर्णय गर्नुभयो।
आफ्ना विद्यार्थीहरूलाई देखाउन पर्याप्त भिडियो र फोटोहरू फेला पारेपछि मात्र …