Home » प्रोफाइल/अन्तर्वार्ता
Category:

प्रोफाइल/अन्तर्वार्ता

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकस्थित टपरी एग्रोकी प्रबन्ध सञ्चालक जमुना आचार्य जलजला गाउँपालिकाको सर्वोत्कृष्ट उद्यमी घोषित भएकी छन् ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय लामाखेतमा आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रममा उत्कृष्ट अंक प्राप्त गरेपछि आचार्यलाई नगद रु. एक लाख ५० हजारसहित सम्मान गरिएको हो ।

बाल्यकालमै देब्रे हात गुमाएकी आचार्यले स्थानीय कृषि तथा पशुजन्य उत्पादनको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि सामूहिक रूपमा टपरी एग्रो सञ्चालन गर्दै आएकी छन् । मूल्याङ्कन समितिको सिफारिसका आधारमा उनको व्यावसायिक योजना र प्रस्तुति सर्वोत्कृष्ट …

0 comment
0 FacebookTwitterEmail

जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ। कैलालीको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन्। जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे।

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन्। उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो। उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन्।

उनले पढाएका विद्यार्थीहरू आज विभिन्न …

0 comment
0 FacebookTwitterEmail

‘म पुलिस बन्छु,’ एक दिन रागिनी कुमारी यादवले मनमनै सङ्कल्प गरिन्। यो उनले प्लस टु पढ्दाको कुरा हो।

त्यसो त उनी सानैदेखि प्रहरी बन्ने सपना बुन्दै हुर्किएकी हुन्। तर उनलाई बुवा आमाले लोकसेवा पास गरेर सरकारी जागिर खानुपर्छ भन्दै पढाएका थिए। उनले आखिरमा प्रहरीको बर्दी रोजिन्। उनलाई प्रहरी बन्ने सपना देख्ने बनाएको भने प्रहरी कर्मचारी रहेका मामाको बर्दी र उनले सुनाएका किस्साले हो।  मामा छुट्टीमा आएका बेला सुनाउँथे, कसरी प्रहरीले अपराधी पक्रिन्छ अनि पीडितको सुरक्षा गर्छ।

‘मामाले सुनाएका किस्साले सानैमा मेरो मन तानेको थियो। प्रहरी सेवामा जाने, देश र जनताको सेवा गर्ने भन्ने कुराले मलाई आकर्षित गरिरहन्थ्यो,’ उनले भनिन्।मधेसको …

0 comment
0 FacebookTwitterEmail

पुन:प्रकाशित

परम्परागत बैङ्किङ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति गरेको छ। बैङ्कको कुल कारोबारमध्ये हाल ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको तथ्यले ग्राहकहरूको डिजिटल सेवाप्रतिको बढ्दो विश्वास र प्रयोगलाई स्पष्ट रूपमा देखाएको छ।

स्वतन्त्र समाचार सेवासँग कुरा गर्दै बैङ्कको डिजिटल ट्रान्सफरमेसन युनिटका प्रमुख समीप पाण्डेले सिटिजन्स बैङ्कले डिजिटल बैङ्किङलाई केवल सेवा विस्तारको माध्यमका रूपमा नभई ग्राहकको जीवनशैली सहज बनाउने दीर्घकालीन समाधानका रूपमा विकास गरिरहेको बताउनुभयो।

सिटिजन्स डिजीबैङ्कप्लेटफर्म एक, सेवा अनेक

बैङ्कले आफ्ना सम्पूर्ण डिजिटल सेवाहरूलाई एकीकृत गर्दै ‘सिटिजन्स डिजीबैङ्क’ नामक ओम्नी–च्यानल प्लेटफर्म सञ्चालनमा ल्याएको छ। मोबाइल र वेब दुवै …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्।

उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न अपिल गरे।

आयुक्त राणाले भने, “मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्छन् कि भन्ने पाटोमा आयोग सचेत छ। कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था मिलाइएको छ।”

लोकतन्त्रको आधारस्तम्भ र प्राण वायुका रूपमा रहेको अवधिक निर्वाचन यस पटक भने गत भदौ …

0 comment
0 FacebookTwitterEmail

पुन:प्रकाशित

परम्परागत बैङ्किङ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति गरेको छ। बैङ्कको कुल कारोबारमध्ये हाल ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको तथ्यले ग्राहकहरूको डिजिटल सेवाप्रतिको बढ्दो विश्वास र प्रयोगलाई स्पष्ट रूपमा देखाएको छ।

स्वतन्त्र समाचार सेवासँग कुरा गर्दै बैङ्कको डिजिटल ट्रान्सफरमेसन युनिटका प्रमुख समीप पाण्डेले सिटिजन्स बैङ्कले डिजिटल बैङ्किङलाई केवल सेवा विस्तारको माध्यमका रूपमा नभई ग्राहकको जीवनशैली सहज बनाउने दीर्घकालीन समाधानका रूपमा विकास गरिरहेको बताउनुभयो।

सिटिजन्स डिजीबैङ्कप्लेटफर्म एक, सेवा अनेक

बैङ्कले आफ्ना सम्पूर्ण डिजिटल सेवाहरूलाई एकीकृत गर्दै ‘सिटिजन्स डिजीबैङ्क’ नामक ओम्नी–च्यानल प्लेटफर्म सञ्चालनमा ल्याएको छ। मोबाइल र वेब दुवै …

0 comment
0 FacebookTwitterEmail

मुलुक निर्वाचनको महायज्ञमा जुटिरहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुँदै छ। डिजिटल साक्षरता, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल प्रविधिले महत्वपूर्ण रूपान्तरण ल्याएको छ। निर्वाचन, डिजिटल प्रविधिले ल्याएको अवसर र चुनौतीका सन्दर्भमा केन्द्रित रहेर नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष, वरिष्ठ पत्रकार, सूचना तथा अभिव्यक्ति स्वतन्त्रताका अभियन्ता तारानाथ दाहालसँग गोरखापत्रका लागि नारद गौतम र अशोक अधिकारीले गर्नुभएको कुराकानी :

प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मीसँगै प्रचारप्रसार अभियान तीव्र छ। नयाँ मिडियाको बढ्दो प्रभावले निर्वाचन प्रचारप्रसार शैलीमा कस्तो प्रभाव पारिरहेको छ? 

नयाँ प्रविधिका कारणले निर्वाचन प्रचारप्रसारमा आमूल परिवर्तन भएको छ। परम्परागत प्रचार शैली, ठुलठुला आमसभा, पोस्टर, ब्यानर हटेका छन्। बृहत् जुलुस …

0 comment
0 FacebookTwitterEmail

परम्परागत बैङ्किङ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले डिजिटल रूपान्तरणमा उल्लेखनीय प्रगति गरेको छ। बैङ्कको कुल कारोबारमध्ये हाल ९३ प्रतिशत कारोबार डिजिटल माध्यमबाट भइरहेको तथ्यले ग्राहकहरूको डिजिटल सेवाप्रतिको बढ्दो विश्वास र प्रयोगलाई स्पष्ट रूपमा देखाएको छ।

स्वतन्त्र समाचार सेवासँग कुरा गर्दै बैङ्कको डिजिटल ट्रान्सफरमेसन युनिटका प्रमुख समीप पाण्डेले सिटिजन्स बैङ्कले डिजिटल बैङ्किङलाई केवल सेवा विस्तारको माध्यमका रूपमा नभई ग्राहकको जीवनशैली सहज बनाउने दीर्घकालीन समाधानका रूपमा विकास गरिरहेको बताउनुभयो।

सिटिजन्स डिजीबैङ्कप्लेटफर्म एक, सेवा अनेक

बैङ्कले आफ्ना सम्पूर्ण डिजिटल सेवाहरूलाई एकीकृत गर्दै ‘सिटिजन्स डिजीबैङ्क’ नामक ओम्नी–च्यानल प्लेटफर्म सञ्चालनमा ल्याएको छ। मोबाइल र वेब दुवै माध्यमबाट …

डिजीबैङ्कले बदलेको बैङ्किङ अनुभव: सिटिजन्स बैङ्कको ९३% कारोबार डिजिटल
0 comment
0 FacebookTwitterEmail

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । 

शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाए। विदेशमा सोचेजस्तो सफलता मिलेन ।

विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए …

0 comment
0 FacebookTwitterEmail

बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्छन् प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी ।

नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिएका छन् । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५:०० बजेदेखि रातको १२:०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved