तारानाथ दाहाल प्रधान सम्पादक
नेपाली पत्रकारितामा विगत ३४ वर्षदेखि अनवरत सक्रिय दाहाल, नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघका सभापति (२०५९-२०६२) तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष (२०६३-२०६५) हुनुहुन्छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला सरकारको अवधारणाका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ठ पहिचान बनाउनु भएका दाहालको अनुभव छापा, रेडियो, टेलिभिजन र समाचार एजेन्सी पत्रकारितामा छ। स्वतन्त्र समाचार सेवा; नेपालको पहिलो सार्वजनिक समाचार एजेन्सीका रूपमा २०६१ सालमा दाहालले नै सुरू गर्नु भएको हो।
राजेश घिमिरे प्रबन्ध सम्पादक
वातावरण, दिगो विकास तथा पब्लिक इनट्रेस्ट (जनहित) पत्रकारितामा करिब तीन दशकको अनुभव भएका राजेश घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा सूचना तथा आमसञ्चारको व्यवस्थापनको दक्षता हासिल गर्नुभएको छ। राजेश घिमिरे छापा माध्यमसँगै डक्युमेन्ट्री फिल्ममेकिङमा उत्तिकै सक्रिय हुनुहुन्छ।
हस्त गुरुङ सल्लाहकार सम्पादक
पत्रकारितामा करिब ४ दशकको अनुभव सँगाल्नु भएका गुरुङ खोज पत्रकारिताका अगुवा र पत्रकारिताका प्रशिक्षक हुनुहुन्छ ।
कृष्ण प्रसाद लुइटेल, विज्ञापन तथा बजार निर्देशक
स्पेशटाइम्स दैनिक, बिजनेश एज मासिकलगायतका पत्रपत्रिकाको विज्ञापन बजारको व्यवस्थापनको काममा २ दशक विताउनु भएका कृष्ण प्रसाद लुइटेल विगत १५ वर्षदेखि बिभिन्न राष्ट्रिय दैनिकहरूमा कार्यानुुभव तथा बजार बिज्ञता रहेको छ ।
पारस दाहाल सूचना प्रविधि निर्देशक
कम्प्युटर साइन्स र आर्टिफिसियल इन्टेलिजेन्सका स्नातकोत्तर ICT मा सक्रिय युवा उद्यमी हुनुहुन्छ।