Home » विचार
Category:

विचार

वि. सं. २०६२ साल पुस २२ गते फ्रिडम फोरमद्वारा आयोजित समावेशी लोकतन्त्रको बहस श्रृङ्खलाको प्रथम बहसमा प्रस्तुत दमननाथ दुङ्गानाको अवधारणा पत्र:  तत्कालिन समयको राष्ट्रिय राजनीतिलाई दिशाबोध गर्ने ढुङ्गानाको प्रस्तुत विचार आज उहाँको दुखद् निधनको क्षणमा उहाँप्रति सम्मानपूर्वक पुन: यहाँ प्रकाशन गरिएको छ: सम्पादक  

समावेशी प्रजातन्त्र भन्नु प्रजातन्त्रभित्र प्रजातन्त्रको खोजी गर्नु हो । प्रजातन्त्रको समग्र स्वरूप बनिनसकेको अवस्थामा त्यस्तो संरचना निर्माण गर्नु र संरचना भएको ठाउँमा त्यसमा प्राण भर्नु समावेशी प्रजातन्त्र वा लोकतन्त्र हो ।

हामीले २०४७ सालको संविधानमार्फत प्रजातन्त्रको संरचना तयार गरिसकेका थियौं, प्राण भर्न मात्र बाँकी थियो । तर, त्यो गर्न सकिएन । खासगरी नेपालको हकमा प्रजातन्त्र भन्नु …

0 comment
0 FacebookTwitterEmail

हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा । यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, मनोरम प्राकृतिक दृश्यावलोकन गर्नेहरुको पनि त्यतिकै घुइँचो लाग्ने गरेको छ । आस्था र विश्वासको महत्वपूर्ण धरोहरका रुपमा रहेको यो तीर्थस्थलमा एक पटक पुग्नै पर्ने मनोकांक्षा प्रत्येक हिन्दू धर्मावलम्बीको हुन्छ । हिन्दू मात्र होइन, यहाँ बौद्ध र किरात धर्म मान्नेले पनि उत्तिकै …

0 comment
0 FacebookTwitterEmail
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–२९ अजरबैजानको राजधानी बाकुमा भइरहेको छ र मुख्य छलफलको समयमा नेपालले आफ्ना कुराहरु स्पष्टसँग राखेको छ । नेपालको तर्फबाट सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको नेतृत्व गर्दै हिमालको सुरक्षा नै पृथ्वीको सुरक्षा भनेर विश्वको ध्यान नेपालको हिमाल जोगाउने कुरामा आकर्षित गर्नु भएको छ । त्यसो त पोहोर मात्र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुथ्रेसले जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रमले हिमाली क्षेत्रमा देखिएको हिउँको क्षयीकरण आफ्नै आँखाले देख्नुभएको थियो । त्यतिमात्र होइन, नेपालको भ्रमणका बेलामा हिमाली क्षेत्रको संवेदनशीलतालाई नजिकैबाट महसुस गर्दै ३० प्रतिशतले हिउँ पग्लेर बग्ने हिमनदीको पानीमा कमी आएको नयाँ तथ्य स्पष्ट पार्नु भएको थियो ।

स्मरणीय छ, यो

0 comment
0 FacebookTwitterEmail
हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छाँै भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र
0 comment
0 FacebookTwitterEmail
विश्व कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले गत बसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको तस्बिर अङ्कित टिसर्ट प्रदर्शन गरेका थिए । गोलकिपर सुब्बाको जीवनीमा आधारित ‘एन्जिला’ नामक चलचित्रको प्रवद्र्धनका सिलसिलामा उक्त टिसर्ट सगरमाथा लगिएको थियो ।  आगामी माघ ११ गतेदेखि सार्वजनिक हुने उक्त चलचित्रमा प्रसिद्ध अभिनेता दयाहाङ राईलगायतका कलाकारसँग गोलकिपर सुब्बाले मुख्य पात्र बनेर अभिनय गरेकी छिन् । चलचित्रको पोष्टरमा गोलकिपर सुब्बाले बल समाइरहेको तस्बिर छापिएको छ ।

हिजो काठमाडौँको दशरथ रङ्गशालामा उनै गोलकिपर सुब्बा कप्तान रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसँग खेलेको सातौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमी फाइनल खेल कुनै चलचित्र

0 comment
0 FacebookTwitterEmail

कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । उदाहरणका लागि, फोनमा ‘सिरी’ वा ‘गुगल असिस्टेन्ट’ लाई प्रश्न गर्दा तुरुन्तै सही उत्तर दिन्छ, जसले समय बचाउँछ र काम सरल बनाउँछ । एआई प्रणालीहरूले तस्बिरहरू पनि चिन्न सक्छन्, जस्तै गुगल फोटोजले फोटोमा भएका साथीहरूलाई पहिचान गर्न सक्छ । स्वचालित गाडीहरू बिना ड्राइभर आफैंँ बाटो फेला पारेर सुरक्षित रूपमा चल्न सक्छन् ।

त्यस्तै, नेटफ्लिक्सले हाम्रा हेर्ने बानीअनुसार फिल्म र शोहरू सिफारिस गर्छ, जसले हाम्रो मनोरञ्जन अनुभवलाई अझ रमाइलो बनाउँछ । एआईमार्फत अनलाइन

0 comment
0 FacebookTwitterEmail

सन् २०२३ अक्टोबर ७ मा इजरायल माथि भएको आक्रमणको मास्टरमाइन्ड मानिने हमास नेता याह्या सिनवारको मृत्युले गाजामा युद्ध विराम र बन्धकहरूको रिहाइ र मध्यपूर्वमा भइरहेको हिंसाको डी-एस्केलेसनको लागि संयुक्त राज्य अमेरिकालाई नयाँ अवसर प्रदान गरेको छ ।

शान्ति सम्झौताको प्रतिरोध गर्ने सिनवार एक्लै थिएनन् – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुपनि महिनौँदेखि बारम्बार र खुला रूपमा युद्ध विराम प्रयासहरूलाई कमजोर परिरहेको छन् । सिनवारको मृत्युले यो विनाशकारी र निरन्तर बढिरहेको युद्ध अन्त्य गर्न नयाँ गति सिर्जना गर्न सक्छ र गर्नुपर्छ ।

सन् १९६२ मा गाजाको खान युनिस शरणार्थी शिविरमा जन्मेका सिनवार सन् १९८० को सुरुवात देखि उग्रवादमा सक्रियतापूर्वक लागे । साथै इजरायलले …

0 comment
0 FacebookTwitterEmail

“छापा पत्रिका बन्द हुनु पर्छ? के यो सकिन्छ? छापाका लागि के यो सबैभन्दा खराब समय हो, जहाँ विज्ञापनदाताहरू पत्रपत्रिकामा फर्किँदैनन् र आर्थिक मन्दीले तिनीहरूलाई अनलाइनमै लैजान्छ? यी हाम्रा एक जना पत्रकार साथीले सन् २००९ मा पत्रपत्रिकाका चुनौती र अवसरहरूको बारेमा  आफ्नो एक परियोजनामा सोधेका प्रश्नहरू हुन् ।

आज पन्ध्र वर्ष पछि  धेरै देशहरूमा छापा पत्रपत्रिकाको अवस्था नाजुक छ । पछिल्लो दशकमा छापा समाचारको खपत घटेको हाम्रो अनुसन्धानले बारम्बार देखाएको छ । अधिकांश प्रकाशनहरूका लागि छापा पत्रपत्रिका र विज्ञापनको राजस्व दुवै घट्दै गएको छ। धेरै प्रकाशकहरू डिजिटलमा सरिसरेका छन् । कोही भने हप्तामा केवल एक – दुई दिन मात्र पत्रिका छापिरहेका …

0 comment
0 FacebookTwitterEmail

हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँदा परिपाटी नै बनेको छ गाउँ जाने–फर्किने । बिस्तारै पर्वहरुको मानक यस्तैमा सीमित भइरहँदा पर्वका अर्थहरु पनि हराउँदै जाने अवस्था बनेको छ । पर्वको रौनक नै मेटिने सङ्केत गर्दैछ । एकातिर दसैँ, तिहारजस्ता पर्वहरुमा जति प्रहार भइरहेका छन्, त्यसको खण्डन पनि भइरहको छैन भने अर्कातिर पर्व मनाउने नाममा मानकहरु किन महत्वपूर्ण छन्, यो …

0 comment
0 FacebookTwitterEmail

महात्मा गान्धी अर्थात् मोहनदास करमचन्द गान्धीको सन् १८६९ अक्टोबर २ तारिख गुजरातको पोरबन्दरमा जन्म भएको थियो । अङ्ग्रेजी साम्राज्यबाट भारतलाई स्वतन्त्रता दिलाउने एक महान् भारतीय सपुत उहाँलाई भारतका राष्ट्रपिता मानिन्छ । उहाँलाई गौतम बुद्धपछि अहिंसाका पुजारीका रुपमा यो विश्वले मानेको छ । संयुक्त राष्ट्र सङ्घले पनि अक्टुबर २ तारिखलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउन थालेको छ । जो जीवनभर अहिंसाका पुजारी रहे तर स्वयम् भने आन्तरिक हिंसाका सिकार भए तर पनि आजसम्म विश्वलाई अहिंसाको माध्यमबाट मात्र समाज रुपान्तरणका गर्न सकिन्छ भनेर उत्प्रेरित गर्दैरहे । उहाँ जीवितभन्दा मृत्युपश्चात् विश्वका महान् दार्शनिकका रुपमा चित्रित गरिए । आफ्नो देशको किचलोलाई मिलाउने क्रममा नै

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved