बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ। जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर अपराधसम्बन्धी उजुरी घट्दै र साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
आर्थिक वर्षको २०८१/०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ। परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए। परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए।
विद्युतीय अपराधसँग सम्बन्धित बाँकेमा …
