Home » विज्ञान/प्रविधि
Category:

विज्ञान/प्रविधि

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिबन्ध गर्ने तयारी गरेपछि डिजिटल फ्रिडम कोलिसनले आपत्ति व्यक्त गरेको छ। शनिवार ११ वटा नागरिक संस्थाहरूको साझा समूहले विज्ञप्ति जारी गर्दै सरकारी तयारीप्रति आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ- ‘सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई सात दिने अल्टिमेटम दिई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने सरकारी मनसायप्रति कोलिसन गम्भीर चिन्ता व्यक्त गर्दछ, यसका साथै सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध लगाउने अल्टिमेटम दिँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संवैधानिक र अन्तर्राष्ट्रिय दायित्वहरूको कुनै प्रवाह नगरेको ठहर छ।

सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको तयारीलाई सरकारको स्वेच्छाचारी निर्णयको संज्ञा कोलिसनले दिएको छ। ‘यसले गम्भीर खतराको घण्टी बजाएको छ। यस्तो कदमले डिजिटल …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका सोमबार बिहानदेखि डाउन भएका छन् । डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् ।

सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन । प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा “दिस साइट कान्ट बि रिच्ड” भन्ने नोटिफिकेसन देखिने गरेको छ ।

डीएनएस रिजल्भ नभएर यस्तो समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जनाएको छ । “लाइसेन्सिङ रिन्यु अथवा अन्य कुनै प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्छ,” केन्द्रका एक अधिकारीले भने, “तर अहिले समस्या समाधानको प्रयास भइरहेको छ । मोबाइल डेटामा वेबसाइटहरू खुल्ने तर कुनै कुनै इन्टरनेट सेवामा नखुल्ने जस्तो अवस्था …

0 comment
0 FacebookTwitterEmail

विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहोर्‍याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ ।

नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, …

0 comment
0 FacebookTwitterEmail

फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञहरू सहभागी थिए ।

चीन, भारत, जापान, अष्ट्रेलिया र क्यानडा सहित कुल ६१ देशहरूले पेरिस एआई सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गरेका छन् । तर, अमेरिका र बेलायतले भने सो घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

 किन पछि हट्यो अमेरिका र बेलायत ?

अमेरिकाको यो निर्णयले ट्रम्पको दोस्रो कार्यकालमा देखिएको आफ्नो कूटनीतिक अडानलाई दर्साउँछ ।  स्मरण रहोस् अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौता जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूबाट पहिले अफ्नो समर्थन फिर्ता लिइसकेको छ। …

0 comment
0 FacebookTwitterEmail

रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पु¥याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताउनुभएको छ ।

बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताउनुभयो ।

“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उहाँले थप्नुभयो ।

रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।

0 comment
0 FacebookTwitterEmail

काठमाडौं, नेपाल — हातमा हतकडी लगाइदै गर्दा कुशल कार्कीले आफू अपराधी नभएको बताए । उनी सरकारको आलोचना गर्ने गरेको स्वीकार्छन् । त्यो कानूनी अपराध हो ?

दुई सन्तानका बाबु समेत रहेका रेष्टुरेन्ट कर्मचारी कार्की दुई अपरिचित व्यक्तिहरू त्यहाँ पुग्दा मःम बनाइरहेका थिए । उनीहरूले एउटा सानो काम भएको भन्दै सँगै साइबर ब्यूरो जान निर्देशन दिए । “उनीहरुले सामान्य केस हो । एकैछिनमा घर फर्किन सक्नुहुन्छ भनेका थिए”, उनले भने।

तर साइबर ब्यूरोमा पुगेपछि उनको फोन जफत गरियो र पक्राउ पुर्जी जारी गरियो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत “सम्मानित व्यक्तिहरूको बारेमा गलत सुचना प्रवाह” गरेको आरोपमा १० दिन हिरासतमा …

0 comment
0 FacebookTwitterEmail

मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै  युरोपेली सङ्घको आलोचना गरेको छ ।

युरोपेली बजार पहिले नै कम प्रतिस्पर्धी हुँदै गएको र एआईको युगमा अझ पछाडी पर्ने जोखिम रहेको दाबी गर्दै अनुसन्धानकर्ता र औद्योगिक निकायले खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्ताहरूले युरोपेली नागरिकको फाइदाको लागि एआई प्रशिक्षणमा युरोपेली डाटा प्रयोग गर्न सक्षम बनाउन डाटा गोपनीयता नियामकहरूलाई द्रुत र स्पष्ट निर्णय गर्न आह्वान गरेका छन् ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मुल कम्पनी मेटाले हालै गोपनीयता नियामक निकायहरूको दबाबपछि आफ्ना एआई मोडेललाई प्रशिक्षण दिन युरोपेली प्रयोगकर्ताबाट डाटा सङ्कलन गर्ने …

0 comment
0 FacebookTwitterEmail

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ ।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भन्नुभयो ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उहाँले भन्नुभयो “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौँ ।”

उहाँले भन्नुभयो “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसद्मा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन पेस गर्नेछौँ । “

गत …

0 comment
0 FacebookTwitterEmail

जापानबाट एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता विदेशी प्रविधि कम्पनीहरूले हरेक साल अरबौँ डलर लागेको र यसबाट जापानको डिजिटल व्यापारमा घाटा बढ्दै गएको छ । तर जापानका लागि यो कुरा नकारात्मक भन्दा सकारात्मक हुन सक्ने  अध्ययनहरूले उल्लेख गरेका छन्।

मित्सुबिशी अनुसन्धान संस्थानका अनुसन्धानकर्ता केन्गो वाटाया भन्छन् – “धेरै कम्पनीहरू र व्यक्तिहरूले डिजिटल सेवाहरू प्रयोग गरिरहेका हुनाले डिजिटल घाटा धेरै बढेको हो । डिजिटलाइजेसनले गति लिएको छ र हामी विश्वास गर्छौँ कि यो जापानको लागि सकारात्मक कुरा हो” ।

गत वर्ष जापानमा डिजिटल सेवाहरूमा ५.५ ट्रिलियन येन (३४  बिलियन डलर) को घाटा देखिएको छ । ठुलो रकम क्लाउड सेवा, अपरेटिङ सिस्टम, इमेल …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी गैर सरकारी संस्था सेन्टर फर इनभेस्टिगेटिभ रिपोर्टिङ्गले बिहीबार च्याटजिपिटी निर्माता ओपन एआई र यसको व्यापार साझेदार माइक्रोसफ्ट विरुद्ध आफ्नो सामग्रीको अनधिकृत प्रयोग गरेकोमा मुद्दा दायर गरेको छ ।

मदर जोन्स र रिभल प्रकाशन गर्ने गैर नाफामूलक सो संस्थाले ओपन एआईद्वारा आफ्नो सामग्री बिना अनुमति र क्षतिपूर्ति नदिई प्रयोग गरेर संस्थाको पत्रकारिताको प्रतिलिपि अधिकार उल्लङ्घन गरेको बताएको छ। अमेरिकाको न्युयोर्क स्थित सङ्घीय अदालतमा दायर गरिएको यस मुद्दामा ओपन एआईको व्यवसाय “प्रतिलिपि अधिकार भएका कार्यहरूको शोषणमा निर्मित” भनेर वर्णन गरेका छन् । समाचार र लेखहरूको एआईले उत्पादन गरेको सारांशहरूले प्रकाशकहरूलाई नोक्सानमा परेको दाबी गरिएको छ ।

सो सेन्टरको कार्यकारी प्रमुख मोनिका

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved