द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-११
अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण नै सम्झनामा आयो। श्रीकृष्ण द्वैपायन व्यासका अनुसार नियोगको चलन महाभारतकालीन समाजमा सामान्य थियो। स्वीकृति भने चाहिन्थ्यो आधिकारिकरुपमा। जस्तो कि स्वयं श्रीकृष्ण द्वैपायन, मत्स्यगन्धासँग महर्षि पराशरको सहमतिमा भएको सम्पर्कबाट शुक्ला गण्डकीको द्वीपमा जन्मेका थिए।
महाभारतका अनुसार कालो वर्णका ती महर्षि पुत्र वयस्क थिए र वेदका ज्ञाता थिए, त्यसैले उनलाई वेदव्यासको रुपमा मानिएको हो। उनी पराशर पछि व्यासको रुपमा स्वीकृत भएका हुन्। त्यो बेलामा व्यास हुनु भनेको लामो अनुभव र अभ्यासको पारदर्शी प्राज्ञिक अनुष्ठानबाट मात्र सम्भव थियो। …