Home » खोज
Category:

खोज

(यो स्टोरीमा उल्लेख भएको केयूकेएलसँग सूचना माग गरिएको घटना निमजिनका लागि गरिरहेको अर्को स्टोरीका लागि हो -सम्पादक। )

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईलाई मेलम्ची खानेपानी आयोजनाअन्तर्गत केयूकेएलले कति पानी वितरण गर्‍यो ? र त्यसबापत् कति महसुल उठायो ? भन्ने जानकारी लिन हामीले चैत ८, २०८२ आइतबार दिउँसो १२ः२७ बजे फोन गरेका थियौँ।  उनले यो सूचना यसै दिन नमिल्ने भन्दै सूचनाको हकको अधिकार (आरटीआई) प्रयोग गरेर निवेदन दिने विकल्प देखाए।

संविधानको धारा २७ मा ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने उल्लेख छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को …

0 comment
0 FacebookTwitterEmail
काठमाडौँमा छोटिँदै वैवाहिक जीवनको आयु

धुमधामले विवाह गरेकी काठमाडौँकी संगीता लामाको वैवाहिक जीवन जम्माजम्मी दुई साता पनि टिकेन। दुई परिवारको सहमतिमा कुरा छिनेर जीवनसाथी रोजेकी २२ वर्षीया संगीताले विवाहको १३ दिनमै श्रीमानसँग सम्बन्धबिच्छेद गरिन्। र यति चाँडै वैवाहिक जीवन तोड्ने यस्तो निर्णय गरेकोमा उनलाई पछुतो छैन। “सबै कुरा थाहा पाइसकेपछि मैले यो सम्बन्ध जोगाउन आवश्यक ठानिन,” संगीता भन्छिन्, “अनि (श्रीमानलाई) छाडेँ।”

‘सात जुनी सँगै बिताउने’ कसम खाएर विवाह–बन्धनमा बाँधिने नेपाली समाजमा वैवाहिक जीवनको आयु कुन रफ्तार र परिमाणमा घटिरहेको छ भनेर देखाउने यो एक दृष्टान्त हो। विवाह गरेको दुई साता नबित्दै सम्बन्धबाट अलग्गिने निर्णयमा पुग्न संगीतालाई जे कारणले बाध्य पारेको थियो, उनी जस्तै सम्बन्धबिच्छेदको निर्णय …

काठमाडौँमा छोटिँदै वैवाहिक जीवनको आयु
0 comment
0 FacebookTwitterEmail

 

चितवनको माडी नगरपालिका–९ स्थित परवीखोलाको किनारमा बस्दै आएका कृष्णबहादुर चेपाङ (७२) छैटौं पटक विस्थापित भएर यहाँ आइपुगेका हुन्।  पुर्ख्यौली धलो धादिङमा भदौ २२, २०४२ सालको राति आएको बाढीपहिरोले उनको गाँस र बास बाँकी राखेन।  विस्थापनको शृंखला त्यही रात सुरु भयो।

बासको खोजीमा कृष्णबहादुर परिवारसहित चितवनको माडी–९, सागबारी पुगे।  तर दुई वर्षमै त्यहाँबाट पनि पहिरोले उठिबास लगायो।  त्यहाँबाट उनी माडी–९ कै कुसुमखोला पुगे।

कुसुमखोलामा उनी ३ वर्ष बसे।  वनका रुख घिसारेरै काठको घर बनाए।  ऐलानी जग्गा फाँडे।  २० मुरी धान हुने खेत बनाए।  ४ छोरा र ३ छोरी त्यहीँ हुर्किए।  तर चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा बसेको भन्दै उनलाई २०४७ …

0 comment
0 FacebookTwitterEmail

पाँचथरको फालेलुङ गाउँपालिकाको नाम्लुवामा फागुन १७, २०८१ मा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पाँच शय्याको आधारभूत अस्पताल भवन उद्घाटन गरे।  अब गाउँमै डाक्टरबाट स्वास्थ्योपचार सेवा पाइने भयो भनेर स्थानीय बासिन्दा खुसी भए।  तर उद्‍घाटनको डेढ वर्ष बित्दा पनि अस्पतालमा डाक्टर देखिएका छैनन्।

अस्पतालको स्वामित्व र जिम्मेवारी कानुनतः स्थानीय तहको हो।  तर त्यसका लागि स्थानीय तह आफैँ सक्षम छैन।  संघ र प्रदेश सरकारबाट सहयोग हुन सकेन।  त्यसपछि नजिक रहेको स्वास्थ्य चौकीलाई यही भवनमा सारेर आधारभूत अस्पताल भनिएको छ।

गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले अस्पताल सञ्चालन सहयोगका लागि संघ र प्रदेश सरकारसँग पटक–पटक गुहार मागेको सुनाए।  “तर दुर्गममा डाक्टर आउनै मान्दैनन् र केन्द्रले पनि …

0 comment
0 FacebookTwitterEmail

गोरखाका सुजन खनाल र काठमाडौंका सुजन चित्रकारको नाम मात्र मिलेको छैन, उनीहरूमाथि भएको ठगी पनि ठ्याक्कै मिलेको छ। यी दुई सुजनको अनलाइन भुक्तानी सेवा कनेक्ट आईपीएस ह्याक गरेर रकम चोरी भएको छ। गोरखाको सुजनले आफ्नो खाताबाट २५ लाख ४४ हजार १ सय रुपैयाँ र काठमाडौंका सुजनले ७ लाख ५४ हजार रुपैयाँ चोरिएको भन्दै उजुरी दिएका छन्।

गोरखाका सुजनले दिएको विवरणअनुसार जेठ २९, २०८२ को दिउँसो सवा ४ बजे उनको मोबाइलमा एउटा एसएमएस आयो। अंग्रेजी भाषामा ‘द अलर्ट’ नामबाट आएको एसएमएसमा लेखिएको थियो, ‘योर कनेक्ट आइपीएस लिंङ्क्ट अकाउन्ट ह्याब बिन सस्पेन्डेड ड्युटु सेक्युरिटी कन्सर्न। प्लिज कम्प्लिट द सेल्फ-भेरिफाइ प्रोसेस। (तपाईँको कनेक्ट …

0 comment
0 FacebookTwitterEmail

युरोपेली देशहरूमा कडा रूपमा नियमन र प्रतिबन्ध लगाइएको अनुहार पहिचान गर्ने (फेसियल रिकग्निसन) निगरानी प्रविधि भारतभर स्वतन्त्र र व्यापक रूपमा प्रयोग भइरहेको पाइएको छ। भारतका विभिन्न संवेदनशील सार्वजनिक स्थल र सुरक्षा निकायहरूमा यो प्रविधि आपूर्ति गर्नेमा स्पेनिस बायोमेट्रिक्स कम्पनी ‘हर्टा सेक्युरिटी’ अग्रपङ्क्तिमा देखिएको छ।

भारतको सबैभन्दा व्यस्त रेलवे टर्मिनलहरूमध्ये एक, कोलकाताको हावडा स्टेसनमा दैनिक करिब १० लाख मानिस आवतजावत गर्छन्। यति ठुलो भिडभाडमा सामान्य मानव आँखाले मात्र कुनै एउटा अनुहारलाई पछ्याउन असम्भव भए पनि त्यहाँ जडान गरिएका करिब १०० वटा अत्याधुनिक लाइभ फेसियल रिकग्निसन क्यामराहरूले मौन रूपमा निगरानी गरिरहेका छन्।

गत वर्ष जडान गरिएको यो प्रणालीले यात्रुहरूको अनुहारको डिजिटल विवरणलाई …

0 comment
0 FacebookTwitterEmail

आफ्नो पुस्ताका धेरै चालकले जस्तै आँखैअगाडि एचआईभीबाट साथी बितेपछि मात्र उनले यसबारे थाहा पाए। त्यति बेला उनी भारतको राजस्थानमा गाडी चलाउँथे। एउटै कम्पनीमा काम गर्ने साथी यति बिरामी परे कि कुनै औषधीले काम गरेन। लगातार टाउको दुख्ने र पेट दुख्ने समस्या भयो। अस्पताल लगेर रगत जाँच गर्दा एचआईभी छ भनियो।

डाक्टरले आफन्त बोलाउन लगाए अनि उनलाई एउटा इन्जेक्सन लगाइदिएर घर पठाए। घर पुगेको डेढ घण्टामै ती साथीको मृत्यु भयो। “यो २२ वर्षअघिको कुरा हो। एचआईभी भन्ने सुनेकै मैले त्यही बेला हो,” उनले भने।
समय यस्तो आयो, उनी आफैँ एचआईभी संक्रमित भए।

१७ वर्षअघि जेठी छोरी पटक–पटक बिरामी पर्न थालिन्। दरभंगा …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३३ जिल्लाका २ हजार ५ सय ८९ घर परिवारलाई पुनर्निर्माणको रकम दिन सकिएको छैन ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने रोशी खोला किनारको कालढुङ्गा बजारमा बाढीले आधा बगाएका घरका भित्तातिरका गारा मात्र ठडिएका छन्। रोशी खोलामा असोज १२, २०८१ मा आएको बाढीले कटान गर्दा घरको आधा भाग बगे पनि जोगिएको आधा भाग डिलमा अडिएको छ। असोजको बाढीले बगर बनाएको बीपी राजमार्ग हुँदै काठमाडौं ओहोरदोहोर गर्नेको आँखैमा पर्छन् यी घरहरू। बगेको आधा भाग घर भएको जमिन निक्कै तल खोलामा बगर बनेकाले बाँकी अवशेष भीरमा अड्किएको जस्तै देखिन्छ।

यहाँ रहेका ११ वटा घरमध्ये एउटा घरका धनी हुन्— जीवन श्रेष्ठ। …

0 comment
0 FacebookTwitterEmail

२२ माघ २०८२ मा चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाको ज्यान गयो। गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसारा डाँगी घाँस काट्न जंगल गएका बेला चितुवाको शिकार बने।

घटनापछि आक्रोशित स्थानीयवासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै चितुवा नियन्त्रण, घाइतेको उपचार र पीडित परिवारलाई राहत–क्षतिपूर्तिको माग गरे। तोडफोडसम्मको अवस्था आएपछि प्रशासनले सर्वदलीय बैठक बोलाएर राहत र व्यवस्थापनको निर्णय ग¥यो।

मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने, बालबालिकाको शिक्षादेखि रोजगारीसम्मको व्यवस्था गर्ने सहमति भएपछि स्थिति सामान्य भयो।

बैठकले चितुवा नियन्त्रणका लागि प्रचलित कानुन बमोजिम सबै उपायहरू अवलम्बन गर्ने, मृतक रोकायका ९ वर्षीय छोरा रितिकको …

0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशमा गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ५२ करोड रुपैयाँको जनस्वास्थ्य प्रयोगशाला परियोजना अहिले व्यवस्थापकीय कमजोरी, समन्वय अभाव र नीतिगत अन्योलको सिकार बनेको छ। सुरुमा उपकरण, जनशक्ति र संरचना उपलब्ध गराइएका प्रयोगशालामध्ये अहिले अधिकांश सञ्चालनमा छैनन्। कतै भवन छैन, कतै केमिकल अभाव छ त कतै कर्मचारी छैनन्। परिणामस्वरूप नागरिकले पाउनुपर्ने आधारभूत स्वास्थ्य परीक्षण सेवा पाएका छैनन्।

मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा झन्डै तीन वर्षअगाडि ५२ करोड रुपैयाँमा महँगो उपकरणसहित सञ्चालन गरिएका सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला जनशक्ति, केमिकल र व्यवस्थापन अभावले प्रयोगविहीन बनेका हुन्। सरकारी अधिकारीहरूको ध्यान उपकरण खरिदमा मात्र केन्द्रित हुँदा प्रयोगशाला बिजोग अवस्थामा पुगेका हुन्। सञ्चालन …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved