प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले केही साता अगाडि एक चिनियाँ नागरिकले सामाजिक संजाल, दुरुपयोग गरी बिभिन्न स्थानका नाबालिकहरूसँग चिनजान गरी साथी बनाउने र काठमाडौँ बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा ललितपुरबाट एक चिनियाँ नागरिक पक्राउ परे। ति चिनियाँ नागरिकले ललितपुर महानगरपालिका वडा नम्बर २२ बुङमतीमा, कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गर्दै आएका थिए। सामाजिक सञ्जाल मार्फत बिभिन्न स्थानका नाबालिकलाई साथी बनाउने र काठमाडौँ बोलाई आर्थिक प्रलोभन देखाएर र यौन शोषण गर्ने गरेको तथ्य प्रहरीले फेला पार्यो।
पक्राउ परेका ४९ वर्षीय ति चिनियाँ नागरिक याङ् लि मिङ् ब्यापार व्यवसाय गर्ने नाममा नेपालमा बस्दै …