धनुषाको नगराईन नगरपालिका—८, अकौरा ठाकुरपोखरीको डिलमा दुईकोठे टहरो छ। जस्तापाताको छानो, आल्मुनियमका झ्याल–ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। “असारमा हतार–हतारमा यस्तो टहरो बनाए, अर्थात् वृद्धाश्रम बनाएको रे !” नजिकै चौतारोमा बसेका जगदीश साहले भने, “खसीबाख्रालाई पनि नहुने खोरमा वृद्धवृद्धा कसरी …