Home » हाम्रो बारेमा

हाम्रो बारेमा

Sabin Acharya

हाम्रो बारेमा

नेपालमा पत्रकारिताका माध्यमहरू अत्याधिक संख्यामा रहेको भएपनि नेपाली मिडियाले पब्लिक इनट्रेस्ट (जनहित) का   खोजमूलक सामाग्री भने निकै कम मात्रा दिने गरेको देखिन्छ। जनमुखी सामाग्रीको उत्पादनमा मुलत: सरकारी स्वामित्वका मिडियाले लगानी गर्न पर्ने हो।तर सरकारी मिडिया आफै लोकतन्त्रका लागि मजाक बनेर सरकारी प्रचार माध्यमका रूपमा चलेका छन्। गुणस्तरीय समाचार सामग्रीको उत्पादनमा नीजि क्षेत्रका मिडियाले पनि लगानी गरेको देखिदैन।विज्ञापन र अन्य स्वार्थ केन्द्रित सामाग्रीले निजी मिडिया व्यापारिक साधन मात्र भएका छन्। निजी क्षेत्रमा गुणस्तरहिन तर असंख्य मिडिया रहनु र सरकारको स्वामित्वको मिडिया झन सुदृढ भैरहनु लोकतन्त्रका लागि निकै हानिकारक छ। यस्तो अवस्थामा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन र निशुल्क वितरण गरेर आम मिडियालाई औचित्यपूर्ण बनाउनमा केही योगदान गर्ने ध्येयले शुरू गरिएको हो- स्वतन्त्र समाचार Independent News Service (INS) । समाचारमा गुणस्तर नहुँदा पाठक, दर्शक र श्रोता आमसञ्चार माध्यमबाट भट्किएर आम उपभोक्ता सूचनाका लागि अन्य श्रोतको खोजीमा लागि सकेको यथार्थ पत्रकारिताका लागि शुभ सङ्केत पक्कै होइन। जिम्मेवारीविहिन, तथ्यको परीक्षण नगरिएका, समाचारको विश्वसनीयता पुष्टि नभएको र उत्तरदायित्व नभएका समाचारतिर पाठक, दर्शक वा श्रोता आकर्षित हुनु भनेको मित्थ्या, भ्रामक वा फेक न्युजले बढावा पाउने वातावरण बन्नु हो। लोकतन्त्र बलियो बनाउन आमजनतालाई मिथ्या सूचनाबाट जोगाउनु पर्छ। यस्तो परिस्थितिमा आमसञ्चार माध्यमलाई तथ्यपरक, खोजमुलक र गुणस्तरिय समाचार उपलब्ध गराउने हाम्रो उद्देश्य हो। सही र तथ्यपरक पत्रकारितालाई जोगाउनु भनेको लोकतन्त्रका जरा बलियो बनाउनु हो। यसमा हामीलाई सधै नै तपाईँको साथ र सहयोगको आवश्यकता छ।
फ्रिडम न्युज सर्भिस प्रालिद्वारा सञ्चालित अध्यक्ष तथा प्रधान सम्पादक: तारानाथ दाहाल प्रबन्ध सम्पादक: राजेश घिमिरे
सम्पर्क आदर्श मार्ग, थापाथली,  काठमाडौँ फोन:  01-4102022 इमेल : freedomnews2022@gmail.com

फ्रिडम न्यूज सर्भिस, कम्पनी दर्ता नं : २५७३३४/०७७/०७८

सूचना तथा प्रशारण विभाग दर्ता नं : ३२३७-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : ३२१८


स्वतन्त्र समाचार सेवा, कम्पनी दर्ता नं : १९/२०६२/०६३ ( नेपाल सरकारबाट मिति २०६३/०६/२२ को निर्णयबाट स्वीकृत समाचार सेवा )
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link