काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने सिरहा नगरपालिका कार्यालय प्रमुख बलिराम यादवलाई १५ हजार जरिवानाको फैसला गरेको छ ।
सिरहा नगरपालिक– ७ निवासी परशुराम साहले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो ।
शिक्षक साहले सिरहा नगरपालिकासँग आफ्नो सरुवा सम्बन्धी भएको निर्णयको प्रमाणित प्रतिलिपी माग गरेका थिए ।
सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुन अनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए ।
पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदा समेत प्रमुखले सूचना नदिएको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
नीज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने फैसला गरेको हो ।
सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बल्ल खुल्यो सरकारको आँखाः अग्निपीडितलाई २ किस्तामा ५० हजार
- वायु प्रदुषण बढ्यो, विशेष सावधानी अपनाउनु: सरकार
- वर्षा माग्दै कालो नागलाई कुखुराको बली
- बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता
- जङ्गलका स्रोत जोगाउनै मुस्किल
- यस्तो हुन्छ सरकारी जालो
- ४३६ स्थानमा डढेलो, निरिह सरकार
- बर्खाका लागि ४२ डिग्रीमा ‘गुइँठा’ बनाउँदै महिला
- पैसा नतिर्दा काटियो इन्टरनेटः झगडाको चेपोमा उपभोक्ता
- ‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार