तराईमा अझै पाँच दिन लू चल्ने

यतिबेला देशैभर तापक्रम बढेको छ । यो क्रम तराईमा अझै पाँच दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पाँच दिन तराईमा लू चल्ने भएकाले सोबाट बच्न र आवश्यक सतर्कतासमेत अपनाउन विभागले आग्रह गरेको छ ।

‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ महाशाखाको लूसम्बन्धी विशेष बुलेटिनमा भनिएको छ ।

लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम रहने अवस्थालाई लू चलेको मानिन्छ । वर्षा नहुँदा तापक्रम बढेर लू चलेको विभागको भनाइ छ ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरेको छ । लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
तराईमा अझै पाँच दिन लू चल्ने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link