भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
सरकारी जग्गा हडप्न सरकारी किर्ते कागजात गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको हो ।
सरकारी जग्गा सिआइबीले गत वर्ष नै अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर, थप अनुसन्धान आवश्यक पर्ने भन्दै फाइल फिर्ता गरेपछि अनुसन्धान रोकिएको थियो । त्यही अनुसन्धानलाई बिउँताउँदै सिबिआईले गुरुङलाई पक्राउ गरेको हो ।
यही प्रकरणमा उनलाई २०७७ माघमा विशेष अदालतले २ करोड धरौटीमा छोडेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै