११ महिनामा ११ खर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँबराबर रेमिट्यान्स नेपाल भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०।५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ ।

यसैगरी खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको राष्ट्र बैँकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
११ महिनामा ११ खर्ब रेमिट्यान्स
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link