ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । जेठ १३ सुरु यो योजना आउने ३ महिनासम्म संचालनमा रहने छ ।

यस योजना अन्तर्गत  बैंकको  डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ । यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको हो ।

बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । यस्ता योजनाहरुले ग्राहकहरुलाई  ग्लोबल आइएमई बैंक तर्फ थप आकर्षित पनि गर्नेछ  ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंक ओफ काठमाडौंसँग गाभिएपछि ग्लोबल आइएमई बैंक निजी क्षेत्रको नेपालकै सबैभन्दा ठुलो बैंक बनेको हो ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link